Like us!
Follow us!
Connect us!
Watch us!

अग्रवालले भेटे अर्थमन्त्री, १२ करोडको सिमा हटाउन पहल गर्ने

अर्थ संसार

बुधबार, १३ पुस २०७९, १२ : ३० मा प्रकाशित

अग्रवालले भेटे अर्थमन्त्री, १२ करोडको सिमा हटाउन पहल गर्ने

लगानीकर्ता दिपेन्द्र अग्रवालले अर्थमन्त्री विष्णु पौडेललाई भेटेका छन्। पूँजी बजार निकै असहज अवस्थामा रहेको जानकारी गराउन आफूले पौडेललाई भेटेको उनले बताए। उक्त भेटमा पूँजी बजार सुधारका लागि के के गर्नुपर्ला भनेर अर्थमन्त्रीसँग विचार विमर्श भएको अग्रवालले अर्थसंसारलाई बताए। 

सेयर धितोकर्जामा लगाईएको १२ करोडको सिमाले बजारलाई ध्वस्त पारेको जानकारी आफूले अर्थमन्त्रीलाई गराएको र अर्थमन्त्रीले सो बारेमा राष्ट्र बैंकका गभर्नरसँग छलफल गर्ने प्रतिकृया दिएको पनि उनले बताए। पूँजी बजारका समस्याहरुका बारेमा आफू अवगत रहेको र ती समस्याहरु समाधानका लागि आफूले पहल सुरु गरिसकेको भन्दै अर्थमन्त्री पौडेलले सरकारले पूँजी बजारलाई अर्थतन्त्रको मेरुदण्डको रुपमा लिएको र पूँजीबजार सरकारको उच्च प्राथमिकतामा रहेको बताएका थिए।  

त्यस्तै अर्थमन्त्रीले तरलता संकट र उच्च ब्याजदरको सन्दर्भमा पनि छलफल भईरहेको र सो का सम्बन्धमा पनि पहलकदमी चाल्ने आश्वाशन दिएको पनि अग्रवालले बताए। 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको