Like us!
Follow us!
Connect us!
Watch us!

स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सबारे सर्वोच्चमा परेको रिट खारेज

अर्थ संसार

बुधबार, १३ पुस २०७९, १७ : ०७ मा प्रकाशित

स्टक एक्सचेञ्ज र ब्रोकर लाइसेन्सबारे सर्वोच्चमा परेको रिट खारेज

ब्राेकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटकाे लाइसेन्स वितरणबारे सर्वोच्चमा परेको रिट खारेज भएकाे छ । स्टक एक्सचेन्ज र ब्रोकर लाईसेन्स दिने नियमावलीको विषयमा सर्वोच्चमा परेको रिट  आज सर्वोच्च अदालतको संवैधानिक इजलाशले  खारेज गरेको हाे । 

अधिवक्ता अमृत खरेलले नयाँ स्टक एक्सचेन्ज र ब्रोकरलाई लाईसेन्स दिनको लागि संशोधन गरिएका नियमावली खारेज गर्न माग गर्दै कार्तिक १६ गते सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

आज उक्त रिटमाथि सुनुवाई गर्दै न्यायधीशहरु हरिकृष्ण कार्की , ईश्वरप्रसाद खतिवडा , डा. आनन्दमोहन भट्टराई, अनिल कुमार सिन्हा र सपना प्रधान मल्ल सम्मिलित पूर्ण इजलाशले साे रिट खारेज गरेको हो ।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको