Like us!
Follow us!
Connect us!
Watch us!

२० प्रतिशत लाभांश पारित गर्न मेरो माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

अर्थ संसार

विहीबार, १४ पुस २०७९, ०७ : ५७ मा प्रकाशित

२० प्रतिशत लाभांश पारित गर्न मेरो माइक्रोफाइनान्सले डाक्यो साधारणसभा, बुकक्लोज कहिले ?

मेरो माइक्रोफाइनान्स लघुवित्तले लाभांस सहितका एजेन्डा पारित गर्न साधारणसभा आह्वान गरेको छ । लघुवित्तको १० औँ साधारणसभा माघ ६ गतेका लागि डाकेको हो ।
 
मेरो माइक्रोफाइनान्स लघुवित्तको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ सहित १० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

लघुवित्तले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस २२ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस २१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको