Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्रीसँग अटोमोबाइल क्षेत्रका समस्याका बारेमा छलफल

अर्थ संसार

शुक्रबार, १५ पुस २०७९, १० : ५९ मा प्रकाशित

अर्थमन्त्रीसँग अटोमोबाइल क्षेत्रका समस्याका बारेमा छलफल

नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलसँग भेट गरी अटोमोवाइल क्षेत्रका समसामयिक विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाट तथा छलफलमा उपप्रधान तथा अर्थमन्त्री पौडेलले आफूले अटोमोबाइल क्षेत्रलाई नजिकबाट चिनेको भन्दै अटोमोबाइल व्यवसायीहरुले हाल भोगिरहेकोे समस्याहरुको समाधान गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए । सोही क्रममा उनले अटोमोबाइल क्षेत्रका समस्याहरुको समाधानका लागि सरकार प्रयत्नशील रहेको आश्वासन दिँदै अटोमोबाइल व्यवसायीहरुबाट जारी आन्दोलन स्थगित गर्न आग्रह समेत गरे ।

सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले कोभिडको महामारीको कारण यस व्यवसायमा धेरै अप्ठ्यारा परिस्थितिहरु सृजना भएका थिए भन्दै यस्तो विकट स्थितिमा पनि अटोमोबाइल ब्यवसायीहरुले जसोतसो ब्यवसायलाई सञ्चालन गरि आएकोमा पछिल्ला समयमा आएका विभिन्न नीतिहरुको कारण  पहिल्यैदेखि प्रताडित भएको अटोमोवाइल ब्यवसायलाई झनै कठीन अवस्थामा पुर्याएकाे कारण व्यवसायीहरु आफ्नो व्यवसायबाट नै पलायन भईरहेकोले अटोमोवाइल व्यवसायको उत्थानका लागि आवश्यक पहल गरि दिन आग्रह गरेका थिए । 

सोही क्रममा अध्यक्ष थापाले बढ्दो व्याज दर तथा प्रिमियम दरलाई तत्कालै एउटा उपयुक्त सीमाभित्र राखि अर्थतन्त्रलाई गतिशिल बनाउने नीति अवलम्बन गर्न, सवारी साधनहरु आयातका लागि LC खोल्दा न्युनतम नगद मार्जिनको सीमा १० प्रतिशत नै कायम गर्ने, अटो लोन÷हायर पर्चेज कर्जामा जोखिम भारलाई १५० प्रतिशतबाट पुरानै अवस्थामा ल्याउनु पर्ने अर्थात ७५ प्रतिशत नै कायम गर्ने, बैंकहरुबाट निजी सवारी साधनको Hire Purchase Loan प्रवाह गर्ने प्रकियामा Loan to Value Ratio को हालको सिमा ५० प्रतिशतबाट वृद्घि गरी ८० प्रतिशत कायम गर्ने लगायत नेपाल राष्ट्र बैंकले हालै जारी गरेको चालु पुँजी कर्जा मार्ग निर्देशिका २०७९ मा भएका कतिपय बुंदाहरु हालको अवस्थामा व्यावहारिक रुपमा लागु गर्न कठीन हुने देखिएको सन्दर्भमा यस निर्देशिकालाई दुई वर्षसम्मका लागि स्थगित गर्ने व्यवस्थाका लागि विशेष आग्रह गरेका थिए । 

सो भेटघाट तथा छलफलमा नाडाका उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ तथा सुनिल रिजाल, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवाल, केन्द्रिय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ र अभिक ज्योति समेतको उपस्थिति रहेको थियो ।
    
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको