Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकको मोबाइल बैंकिङ्गमा थपिए अत्याधुनिक सुविधा

अर्थ संसार

आइतबार, १७ पुस २०७९, १६ : ५० मा प्रकाशित

प्रभु बैंकको मोबाइल बैंकिङ्गमा थपिए अत्याधुनिक सुविधा

प्रभु बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सरल, सहज र सुरक्षित डिजिटल बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले साविकमा सञ्चालन गरिरहेको Prabhu Mobile Banking सेवालाई ओम्नी च्यानल प्रणालीमा स्तरोन्नत्ति गरी थप बैंकिङ्ग सुविधा सहित Digi Prabhu नामक नयाँ संस्करण सञ्चालनमा ल्याएको छ ।

बैंकले पाैष १६ गतेदेखि सञ्चालनमा ल्याएको Digi Prabhu मार्फत् प्रभु बैंक लिमिटेडका ग्राहकहरूले आफुले चाहेको समयमा, जुनसुकै स्थानबाट मोबाईल, ट्याबलेट, ल्यापटपको माध्यमबाट प्रभु बैंकले उपलब्ध गराएका विभिन्न डिजिटल बैंकिङ्ग सेवाहरु उपभोग गर्न सक्नेछन् । उपलब्ध सेवाहरु उपभोग गर्नका लागि बैंकका हालका मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आफ्नो मोबाईल बैंकिङ्ग एपलाई अद्यावधिक/अपडेट गरी तथा नयाँ प्रयोगकर्ताहरुले Apple Store तथा Google Play Store बाट एपलाई डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् । आधुनिक र नविनतम प्रविधि प्रयोग गरेर बनाइएको मोबाईल बैंकिङ्ग एपको नयाँ संस्करण ग्राहकहरूले सजिलै वेब ब्राउजर https://digiprabhu.prabhubank.com को माध्यमबाट समेत प्रयोग गर्न सक्नेछन् ।

यस मार्फत् ग्राहकहरुले निम्न बैंकिङ्ग सुविधाहरुको लाभ लिन सक्नेछन् :

१.    पासवर्ड र पिन बिर्सिएमा आफैँले रिसेट गर्न सकिने ।

२.    मोबाईल बैंकिङ्गमा भएको Cardless सुविधा प्रयोग गरी ATM को माध्यमबाट नगद झिक्न सकिने ।

३.     बैंकले दिने सेवा सम्बन्धी जानकारी वा समस्या परेमा सोधपुछ र दर्ता गर्न सकिने ।

४.    बैंकका कर्मचारीहरुसँग भेटने समय सुनिश्चित गर्न सकिने ।

५.    eVoucher को माध्यमबाट नगद निक्षेप गर्न सकिने ।

६.    eCash को माध्यमबाट प्रभु बैंकमा खाता नभएका ग्राहकहरुले समेत मोबाईलमा प्राप्त कोडको आधारमा रकम झिक्न सकिने ।

७.   FonePay तथा NepalPay QR मा Scan गरी QR कोडमा आधारित सरल भुक्तानी गर्न सकिने ।

उपरोक्त बैंकिङ्ग सुविधाहरुका अतिरिक्त डिजिटल भुक्तानी गर्न, फन्ड ट्रान्सफर गर्न, मुद्दति खाता खोल्न, आफ्नो खाताको विवरण हेर्न, स्मार्ट टेलरबाट कार्ड वा चेक साथमा नहुँदा पनि सोझै मोबाइल बैंकिङ्ग मार्फत QR कोड स्क्यान गरी भुक्तानी पाउने लगायतका सेवाहरु पनि ग्राहकहरुले उपभोग गर्न सक्नेछन् ।

डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकहरुलाई छिटो तथा सहज रुपा बैंकिङ्ग सुविधा उपलब्ध गराउने लक्ष्य लिई आगामी दिनहरुमा मोबाईल बैंकिङ्ग सेवामा थप सुविधाहरु क्रमशः डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने, कार्डसँग सम्बन्धित विभिन्न सेवा थप गरी बैंकिङ्ग सेवालाई अझ बढी प्रभावकारी, प्रविधिमैत्री र ग्राहकमैत्री बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको