Like us!
Follow us!
Connect us!
Watch us!

सकारात्मक माहोलले सेयर बजारमा रौनक कायमै (भिडियो )

अर्थ संसार

आइतबार, १७ पुस २०७९, २१ : ४८ मा प्रकाशित

आज (पाैष १७ गते, आइतबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । 

१. सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । साताको पहिलो कारोबार दिन आज (आइतबार) नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार रकम पनि ४ महिनापछि ४ अर्ब नाघेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से परिसूचक १७.२६ अंकले बढेर २०४६.२९ विन्दुमा पुगेकाे छ । नेप्से ०.८५ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि २.७२ अंकले बढेर ३९४.०२ विन्दुमा पुगेकाे छ । कूल २६१ वटा कम्पनीकाे एक कराेड ८ लाख ८० हजार ९ सय ४ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ४ करोड ८८ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

२. सानिमा जिआईसी इन्स्योरेन्स कम्पनी लिमिटेडले पनि लाभांश वितरण नगर्ने भएकाे छ । कम्पनीकाे पाैष १४ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने निर्णय गरेकाे हाे । 

३. लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी) नेपालले विशेष साधारण सभा आह्वान गरेको छ।  कम्पनीले हकप्रद निष्कासन गर्ने प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेकाे हाे । कम्पनीको विशेष साधारण सभा माघ ३ काठमाण्डौँको नक्सालस्थित लिसारा रिसेप्सनमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।  सभाले हाल कायम चुक्ता पुँजीको ८८.४५ प्रतिशत अर्थात १००ः८८.४५ सेयर अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

४. कुमारी बैंक लिमिटेड र नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) ले आज आइतबारदेखि एकिकृत काराेबार सुरू गरेका छन् । कुमारी बैंक लिमिटेडकाे नामबाट एकिकृत काराेबार सुरू भएकाे हाे ।  यी दुई बैंक १:१ को स्वाप रेसियाेमा मर्ज भएका हुन् । याेसँगै नेपालमा वाणिज्य बैंककाे संख्या २५ पुगेकाे छ ।

५. ४ वटा वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकबाट मर्जरका लागि अन्तिम स्विकृती प्राप्त गरेका छन् । ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड तथा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेडले मर्जरका लागि अन्तिम स्विकृती प्राप्त गरेका हुन् । राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै अब कम्पनी रजिष्ट्रारको कार्यालयबाट स्वीकृति पाएपछि यी बैंकहरूलाई एकिकृत कारोबार सुरू गर्ने बाटो खुल्नेछ । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू १:१ को अनुपातमा मर्ज हुन लागेका हुन् । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक लिमिटेड १००ः९० को अनुपातमा मर्ज हुन लागेका हुन् ।  

६. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका छन् । आज आयोजित भव्य कार्यक्रमकाबीच उनले ताम्रपत्र अनावरण गर्दै विमानस्थलको औपचारिकरुपमा उद्घाटन गरेका हुन् ।

७. नेपाल राष्ट्र बैंकले झुत्रा र च्यातिएका नोटबाट बनाइएको ब्रिकेट बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले वार्षिक रुपमा २ लाख ७५ हजार केजी ब्रिकेट बिक्री गर्न शिलबन्दी दरभाउ प्रस्ताव आहृवान गरेको छ । ब्रिकेट किन्न खरिद इच्छुक खरिदकर्ताले फागुन १ गतेसम्म राष्ट्र बैंकको मुख्य वा कुनै पनि प्रादेशिक कार्यालयमा प्रस्ताव बुझाउन सक्नेछन् ।

८.  नबिल बैंककाे १८.५० प्रतिशत बाेनस समायाेजन भएकाे छ । बैंककाे १८.५० प्रतिशत बाेनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७ सय २१ रूपैयाँ १० पैसा कायम हुने गरी मूल्य समायाेजन भएकाे हाे ।

९. आइतबार सुनको भाउ तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख एक हजार ७ सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर प्रतिताेला १४ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको