Like us!
Follow us!
Connect us!
Watch us!

पाँच कम्पनीको सेयर मूल्य समायोजन

अर्थ संसार

सोमबार, १८ पुस २०७९, ०४ : १३ मा प्रकाशित

पाँच कम्पनीको सेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सोमबार ५ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । यी सबै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेपछि उक्त कम्पनीहरूको मूल्य समायोजन गरिएको हो ।

सिभिल बैंक लिमिटेडको ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता २ सय ३८ रुपैयाँ १० पैसा कायम हुने गरी  सेयर मूल्य समायोजन गरेको छ । त्यसै गरी श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको २.४० प्रतिशत बोनस सेयरपछि नेपसेले प्रतिकित्ता ३ सय २९ रुपैयाँ १० पैसा हुने गरी सेयर मूल्य समायोजन गरेको हो । 

नप्सेले त्यसै गरी पोखरा फाइनान्स लिमिटेडको ४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३ सय ७३ रुपैयाँ ८ पैसा हुने गरी सेयर मूल्य समायोजन गरेको छ । आइसीएफसी  फाइनान्सको ५ प्रतिशत बोनस सेयरपछि नेप्सेले ४ सय ४५ रुपैयाँ ७१ पैसा हुने गरी सेयर मूल्य समायोजन गरेको छ । 

नेप्सेले सिवाईसी लद्युवित्त वित्तीय संस्था लिमिटेडले ३० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता १ हजार ९ सय २९ रुपैयाँ २३ पैसा हुने गरी सेयर मूल्य समायोजन गरेको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको