Like us!
Follow us!
Connect us!
Watch us!

एनटीसीकाे १०० कित्ताले घटायाे आजकाे सेयर बजार

नेप्से

मंगलबार, १९ पुस २०७९, १५ : ०५ मा प्रकाशित

एनटीसीकाे १०० कित्ताले घटायाे आजकाे सेयर बजार

आज (मंगलबार) सेयर बजारमा सामान्य गिरावट देखिएको छ । काराेबारकाे अन्तिम क्षणमा नेपाल टेलिकमकाे १०० कित्ता सेयर बिक्री हुँदा त्यसैकाे प्रभाव स्वरूप बजार झिनाे अंकले हाे । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१.०६ विन्दुमा झरेकाे छ । नेप्से ०.१५ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ०.३९ अंकले घटेर ३९४.६२ विन्दुमा झरेको छ । 

कूल २५७ वटा कम्पनीकाे ८२ लाख २२ हजार ८ सय ३३ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७ सय ८७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी ४ वटा उपसमूहकाेे सेयर बढेकाे छ ।

मंगलबार हिमालयन डिष्टीलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ४३ कराेड १९ लाख ६४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस दिन ४ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । स्वेत गंगा हाइड्राेपावर, धाैलागिरी लघुवित्त, खप्तड लघुवित्त र अजाेड इन्स्याेरेन्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

आज विन नेपाल लघुुवित्त वित्त्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.५९ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ११ रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको