ब्राेकर लाइसेन्स, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी मार्केटकाे लाइसेन्स वितरणको कार्य रोक्न माग गरिएको मुद्धाकाे पेशी आजका लागि हेर्न नभ्याईने सूचीमा परेको छ ।
आजका लागि न्यायधीशद्वय हरिकृष्ण कार्की र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको थियाे । उक्त मुद्धाको पालो भने ३७औँ नम्बरमा परेको थियाे । अब अदालतले यो मुद्दाको सुनुवाईको लागि अर्को मिति तोक्नेछ ।
अधिवक्ता दिपक विक्रम मिश्रले असोज ३१ गते धितोपत्र बोर्डले अगाडी बढाएको लाईसेन्स वितरण प्रक्रिया रोक्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । रिटमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय , अर्थ मन्त्रालय , नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जलाई विपक्षी बनाइएकाे छ ।
साे रिटमाथी कार्तिक ४ गते, शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलाशले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै लाइसेन्स वितरणको कार्य तत्काल अगाडी नबढाउन आदेश दिएको थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस