Like us!
Follow us!
Connect us!
Watch us!

सचिवहरूलाई प्रधानमन्त्रीको प्रश्न, अब पनि नगरे कहिले गर्ने ?

पत्रपत्रिका

बुधबार, २० पुस २०७९, ०७ : ०७ मा प्रकाशित

सचिवहरूलाई प्रधानमन्त्रीको प्रश्न, अब पनि नगरे कहिले गर्ने ?

प्रधानमन्त्री  पुष्पकमल  दाहाल प्रचण्डले सरकारका सचिवहरूलाई प्रश्न गरेकाछन्, “अब पनि नगरे कहिले गर्ने ?” सोमबार र मङ्गलबार नेपाल सरकारका सचिवहरूबाट प्रस्तुति लिएपछि मङ्गलबार ३०  बुँदे  निर्देशन  दिँदै  उनले  प्रश्न  गरे,  “विकास  खर्च  हुन  नसक्नुका कारण के हुन् ? को जिम्मेवार हो ? यसको कारण खोजी गरी निराकरण अब पनि नगरे कहिले गर्ने ?”

उनले  सेवाग्राहीलाई  लामो  लाइनमा  राखेर सास्ती दिए कारबाही गर्ने चेतावनी दिँदै जनसरोकार र सार्वजनिक सेवालाई तत्काल चुस्त दुरुस्त बनाउन निर्देशन दिए । उनले भने, “शिक्षा, स्वास्थ्य, यातायातजस्ता आधारभूत सेवा, राहदानी,  सवारीचालक  अनुमतिपत्र,  राष्ट्रिय  परिचयपत्र वितरण र मालपोतजस्ता कार्यालयमा अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्था आउने छ ।”  

प्रधानमन्त्रीले विगत पाँच वर्षको कार्यसम्पादन सन्तोषजनक नभएको बताउँदै भने, “अहिले हामी यो बैठक गरिरहँदा राहदानी लिन बिहान २ बजेदेखि लाइनमा बसेको समाचार प्रकाशित भएको छ । राष्ट्रिय परिचयपत्र लिने  सास्ती  उत्तिकै  छ  ।  अहिलेकै  गतिमा  राष्ट्रिय  परिचयपत्रको  काम  हुने  हो  भने  तीन  करोड  नेपालीको  हातमा  परिचयपत्र  पुग्न  दशकौँ लाग्छ । सवारीचालक अनुमतिपत्र लिन वर्षौं कुर्नुपर्ने अवस्था छ ।” गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको