Like us!
Follow us!
Connect us!
Watch us!

निफ्राकाे उर्जा ऋणपत्र बाँडफाँड

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, १० : ४६ मा प्रकाशित

निफ्राकाे उर्जा ऋणपत्र बाँडफाँड

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले मंसिर २९ गतेदेखि पुस १४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे उर्जा ऋणपत्र बाँडफाँड गरिएकाे छ ।

उक्त अवधिभर रितपुर्वकप्राप्त आवेदकहरूकाे प्रशाेधन गरी २२ लाख ८९ हजार ८ सय १३ कित्ता ऋणपत्र हिजाे (पाैष २१ गते, बिहीबार) बाँडफाँड गरिएकाे बैंकले एक सूचना मार्फत् जानकारी दिएकाे छ । बाँडफाँडमा परेको ऋणपत्रहरुको विवरण आवेदकहरुले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट सञ्चालित www.meroshare.cds.com.np बाट हेर्न सक्नेछन् ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ५० लाख इकाई ऋणपत्र निष्कासन गरेकाे थियाे । जसमध्ये, सर्वसाधारणका लागि १९ लाख कित्ता छुट्याइएकाे थियाे । बैंकले ७ वर्ष अवधि भएको वार्षिक ७ प्रतिशत व्याज भएको 'निफ्रा उर्जा ऋणपत्र, २०८५/८६' नाममा ऋणपत्र निष्कासन गरेको हो । 

त्यसैगरी, बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल एस क्यापिटल लिमिटेडले गरेकाे थियाे ।

सूचना हेर्नुहाेस् :

63b7aebca5110.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको