Like us!
Follow us!
Connect us!
Watch us!

कानूनी साक्षरता अभियान सञ्चालनमा जुट्दै अधिवत्ता विष्णु गिरी

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, १२ : २८ मा प्रकाशित

कानूनी साक्षरता अभियान सञ्चालनमा जुट्दै अधिवत्ता विष्णु गिरी

अनलाईन नविकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता विधेयक जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरेका अधिवत्ता विष्णु कुमार गिरी पछिल्लो समय कानूनी साक्षरता अभियानमा जुटेका छन् ।

कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने व्यवस्था छ । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन मैले जानीँन भनेर क्षमा पाउँदैन त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने विदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक भईरहेका बेला अधिवत्ता गिरीले कानुनी साक्षरता अभियानमा जुट्ने लागेको बताएका छन् ।

विभिन्न पत्रपत्रिका तथा सञ्चारमाध्यमबाट नियमित रुपमा कानून सम्बन्धी लेख रचना तथा अन्र्तवार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा जानकारी दिँदै आएका गिरीले स्थानीय तहको समन्वयमा विभिन्न जिल्ला तथा स्थानीय निकायहरुमा कानूनी साक्षरता अभियान सञ्चालन गर्ने बताएका हुन्  ।

महिला कानूनी साक्षरता तालिम तथा जनप्रतिनिधीहरुलाई कानून सम्बन्धी तालिम लगायतको कार्यक्रमको सञ्चालन गर्ने तयारीमा अधिवत्ता गिरी यतिबेला जुटेका छन् ।  

मेलमिलाप कर्ता समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय कानून सम्बन्धी विभिन्न संघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम समेत दिँदै आएका छन् । स्थानीय तहमा रहेका न्यायीक समितिमा न्याधिसकै व्यवस्था गर्नु पर्ने पक्षमा वकालत गदै आएका अधिवत्ता गिरी जनसरोकारका विषय भेटयो कि त्यसको कानुनी उपचारको लागि अदालतको ढोका ढक्ढक्याउन पुगी हाल्छन् । पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहायता गर्दै आएका अधिवत्ता गिरी विकट पहाडी जिल्ला खोटाङको सामान्य परिवारमा जन्मिएका गिरीले गरेको पछिल्लो न्यायीक लडाईप्रति सामाजिक सञ्जाल र आमसञ्चार माध्यमको नजरमा परेका छन् । बहुआयामिक अनुभव भएका अधिवत्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको विभिन्न तहमा नेतृत्वदायि भूमिका निर्वाह गरेर काम गरेको अनुभव पनि छ  ।

गिरीको मेहनत, परिश्रम, दुःख र सघर्षका ति दिनमा आफुलाइै निरन्तरता दिँदै आएका उनी अहिले कानुनी क्षेत्रमा परिचित नाम हो । सकारात्मक मार्गमा लैजान असल नियतले गरिने आलोचनाहरु पनि स्विकार्य हुनुपर्छ भन्ने मान्यता राख्ने अधिवत्ता गिरीले सुरुमा कुनैपनि मुद्धा नआएपछि सार्वजनिक सरोकारका मुद्धालाई अदालतसम्म पुर्याए ।  सार्वजनिक महत्वका विषयलाई उठान गरर न्यायिक लडाईमा उनी अघि बढे र मुद्धा पनि जित्तै गए र पछि उनको चर्चा पनि बढ्दै गयो ।  निरन्तरको मेहनत र अथक प्रयासबाट मात्र कुनैपनि कुरामा सफलता हात पार्न सकिन्छ भन्ने मान्यताका साथ अगाडि बढेका अधिवत्ता गिरीले विगत तीन वर्षदेखि निरन्तर पत्रपत्रिकाबाट कानून सम्बन्धी जानकारी मूलक लेख प्रकाशन गरी कानूनी साक्षारतालाई बढवा दिईरहेका छन् ।

अधिवक्ता विष्णु गिरी, कोरिया, जापान, थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कानून सम्बन्धी तालिम समेत लिएका छन् । अधिवक्ता गिरीले राष्ट्रिय नागरिक सम्मान २०७६, विशेष नागरिक सम्मान २०७९ लगायतको दजनौ सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको