Like us!
Follow us!
Connect us!
Watch us!

जाल्पा सामुदायिक लघुवित्तको बम्पर लाभांश कता हरायो ? यस्तो छ सीईओको जवाफ

अर्थ संसार

आइतबार, २४ पुस २०७९, १३ : २३ मा प्रकाशित

जाल्पा सामुदायिक लघुवित्तको बम्पर लाभांश कता हरायो ? यस्तो छ सीईओको जवाफ

जाल्पा लघुवित्त वित्तिय संस्था लिमिटेडले लाभांश घोषणा गरेको २ महिना नाघिसकेकाे छ । संस्थाले बम्पर लाभांश घाेषणा गरेपछि आकर्षित भएर संस्थाको सेयर किन्ने लगानीकर्ताहरूलाई २ महिना नाघिसक्दा पनि संस्थाले साधारण सभाको कुनै सूचना ननिकालेपछि लाभांश कता हरायो भन्ने चासोको विषय बनेको छ ।

जाल्पा लघुवित्तको बम्पर लाभांश घोषणा, बोनस र नगद कति ?

लगानीकर्ताकाे यही चासाे मेटाउन हामीले जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत बीमला योगीसँग कुरा गर्याैँ । उनका अनुसार संस्थाकाे लाभांश संस्थाकाे कारण नभएर राष्ट्र बैंककाे कारण राेकिएकाे हाे । राष्ट्र बैंकले एजीएम क्लियरेन्सका लागि सबै लघुवित्तहरूकाे निरिक्षण गरिरहेकाे छ । केही लघुवित्तहरूले राष्ट्र बैंकबाट अनुमति पनि पाइसकेका छन् । तर जाल्पाकाे फाइल भने अझै पनि वेटिङ लिस्टमै रहेकाे उनले बताइन् । 

आफूहरूले संस्थाको तर्फबाट पुस मसान्तसम्म साधारण सभा सम्पन्न गर्ने सम्पूर्ण तयारी गरेर राष्ट्र बैंकसँग अनुमति मागिएकोमा राष्ट्र बैंकबाट अनुमति नपाउँदा अब पुस मसान्तमा साधारण सभा गर्न असमर्थ भइएको उनले बताइन् ।

संस्थाको कार्तिक १९ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३.८४ प्रतिशत नगद गरि कुल ७६.८४ लाभांश वितरण गर्ने घोषणा गरेको थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको