Like us!
Follow us!
Connect us!
Watch us!

ब्रोकर संघकाे अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित

अर्थ संसार

आइतबार, २४ पुस २०७९, १६ : ३१ मा प्रकाशित

ब्रोकर संघकाे अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित

स्टक ब्रोकर एसोसिएसन अफ नेपालकाे अध्यक्षमा धर्मराज सापकोटा निर्वाचित भएका छन् ।

ब्राेकर संघकाे अध्यक्षका लागि स्वर्णलक्ष्मी सेक्युरिटिजका धर्मराज सापकोटा  र आर्यातारा सेक्युरिटिजका गुणनीधि भूसालले उम्मेद्वारी दिएका थिए ।सापकोटाले २८ मत ल्याउँदा भूसालले भने १६ मत मात्रै पाएका थिए । अध्यक्षका लागि शनिबार राति मतदान गरिएकाे थियाे । 

अध्यक्ष बाहेकका पदमा भने सर्वसम्मत भएको हो । संघको उपाध्यक्षमा सरिता अधिकारी (विष्ट) , महासचिवमा फणिन्द्र ढकाल, कोषाध्यक्षमा मदन पौडेल, तथा सचिवमा सुवोध अधिकारी चयन भएका छन् । त्यस्तै, सदस्यमा मित्रलाल श्रेष्ठ, प्रियान्सु अग्रवाल र प्रज्जवल उप्रेती चयन भएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको