Like us!
Follow us!
Connect us!
Watch us!
प्रधानमन्त्रीलाई गोल्छाको तीन बुँदे सुझाव

नयाँ सरकारसँगै पूँजी बजारमा नयाँ उत्साह देखियो : शेखर गोल्छा

अर्थ संसार

सोमबार, २५ पुस २०७९, १७ : ०७ मा प्रकाशित

नयाँ सरकारसँगै पूँजी बजारमा नयाँ उत्साह देखियो : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नयाँ सरकार आएसँगै पुँजी बजारमा नयाँ उत्साह देखिएको बताएका छन् । सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा अध्यक्ष गोल्छाले यस्तो बताएका हुन् ।

अध्यक्ष गोल्छाले ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकालको प्रशंसा गर्दै बैंक अर्थतन्त्रको मेरुदण्ड भएकोले बैंक बलियो भयो भने मात्रै अर्थतन्त्र सबल र स्थिर हुने बताए । कार्यक्रममा बाेल्दै अध्यक्ष गोल्छाले भने, ‘अहिलेको आर्थिक परिदृष्य एकदमै चुनौतिपूर्ण छ । अहिले राजस्व नाटकिय रुपमा घटेको छ । लाखौले रोजगारी गुमाएका छन् । मुद्रा स्फ्रिती पनि ८ देखि ९ प्रतिशतसम्म पुगेको छ । आर्थिक अभावमा व्यापार व्यवसायमा संकुचन आएको छ । नीजी क्षेत्रको मनोबल पनि गिरेको छ ।’

अध्यक्ष गोल्छाले नयाँ सरकार गठनसँगै पछिल्लो समय आर्थिक सुधारका संकेत पनि देखिएको सुनाए । गोल्छाले भने, ‘रेमिट्यान्स बढेको छ, तरलतामा पनि केही सुधारहरु देखिएको छ ।’

एकिकृत कारोबार शुभारम्भ कार्यक्रमको प्रमुख अथिति रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई अध्यक्ष गोल्छाले अर्थतन्त्र सुधारको लागि तीन वटा सुझाव समेत दिन भ्याएका छन् ।

यस्ता छन् अध्यक्ष गोल्छाका तीन सुझाव :

१. सरकारी खर्च बढाउनु पर्यो सरकारले जबसम्म विकास खर्च बढाउँदैन तबसम्म अर्थतन्त्र चलायमान हुँदैन । हामीले देखेको समृद्धिको सपना पुरा हुँदैन ।

२. मैद्रिक नीतिमा क्याल्कुलेट रिक्स लिनुपर्छ ।

३. जबसम्म यो देशका नीजि क्षेत्रलाई लगानीमैत्री बतावरण बनाइदैन तबसम्म देशको विकास हुँदैन । त्यसैले राज्यले नीजी क्षेत्रलाई प्रोत्साहन गर्ने नीति तथा कार्यक्रम ल्याउनुपर्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको