व्यवसायी शेखर गोल्छा पक्राउ परेको भन्ने हल्ला फैलिएको छ। व्यवसायी दीपक भट्ट सम्बन्धित सेयर कारोबार प्रकरणमा शेखर गोल्छाको नाम समेत जोडिएसँगै उनी अहिले प्रहरीको निगरानीमा रहेका छन्।
नेपाल प्रहरीका प्रवक्ताले भने अहिलेसम्म पक्राउबारे कुनै पनि औपचारिक जानकारी नआएको बताएका छन् ।
नेपाल धितोपत्र बोर्डले उपलब्ध गराएको विवरणअनुसार हिमालय सेक्युरिटिजमा हिमालयन रिइन्स्योरेन्सको ७५ प्रतिशत, दीपक भट्टको ७ प्रतिशत र शेखर गोल्छाको २.५ प्रतिशत सेयर स्वामित्व रहेको छ। त्यस्तै, हिमालयन इन्भेष्टमेन्ट बैंकरमा दीपक भट्टकी पत्नी आयुष्मा नेपालको ८.२५ प्रतिशत सेयर रहेको छ। हिमालयन रिइन्स्योरेन्स कम्पनीले पेश गरेको संस्थापक सेयरधनी विवरणअनुसार दीपक भट्ट संलग्न इन्फिनिटी होल्डिङ्गस् प्रालि मार्फत ४.५ प्रतिशत सेयर स्वामित्व देखिन्छ। त्यसैगरी शेखर गोल्छा संलग्न हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालि को सोही कम्पनीमा २० प्रतिशत सेयर रहेको खुलासा भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस