Like us!
Follow us!
Connect us!
Watch us!

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

अर्थ संसार

मंगलबार, १५ बैशाख २०८३, १४ : १५ मा प्रकाशित

शेखर गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छालाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)लाई आदेश दिएको छ।

उनकी पत्नी सीमा गोल्छाले सोमबार सर्वोच्च अदालतमा दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि मंगलबार सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले उक्त आदेश जारी गरेको हो। इजलासले गोल्छालाई रिहा गर्नु नपर्ने आधार र कारण भए सोसहित २४ घण्टाभित्र बन्दीसहित लिखित जवाफ पेस गर्न पनि निर्देशन दिएको छ। यसअघि सोमबार काठमाडौं जिल्ला अदालतले उनलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। सीआईबीले वैशाख १० गते उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनका आधारमा व्यवसायी दीपक भट्टसँग सम्बन्धित धितोपत्र कारोबार प्रकरणमा नाम जोडिएपछि गोल्छा पक्राउ परेका थिए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको