Like us!
Follow us!
Connect us!
Watch us!
‘सरकार र राष्ट्र बैंक भन्दा बैंकहरु चलाख भए’

अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौती आयो : शेखर गोल्छा

अर्थ संसार

बुधबार, २५ माघ २०७९, १५ : १८ मा प्रकाशित

अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा चुनौती आयो : शेखर गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रलाई ड्राइभ गर्नसक्ने सक्षम नेतृत्व नहुँदा अर्थतन्त्रमा समस्या आएको दाबी गरेका छन् । मंगलबार महासंघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले अर्थतन्त्रलाई ड्राइभ गर्ने अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकको नेतृत्वले दूरदृष्टिले नहेर्दा अहिलेको अवस्था सिर्जना भएको बताए । उनले नेतृत्वले अर्थतन्त्रमा आउने खतराको अनुमान पहिल्यै गर्न नसक्दा अर्थतन्त्र दुर्घटनामा परेको उल्लेख गरे । 

उनले अर्थतन्त्रमा धेरै खाले स्पिड ब्रेकरहरु आएको भन्दै भूकम्प, कोभिडलगायतले सबैलाई असर परेको बताए । अध्यक्ष गोल्छाले भूकम्प, कोभिडको बेलामा अर्थतन्त्रको लिमिट भन्दा बढी तिब्र गतिमा अगाडि बढ्न खोज्दा अर्थतन्त्रमा अहिलेको अवस्था भोग्नुपरेको बताए । उनले अर्थतन्त्रमा सबैभन्दा चलाख बैंकर देखिएको उल्लेख गरे ।

कार्यक्रममा उनले भने,‘देशको अर्थतन्त्र अर्थ मन्त्रालयले ड्राइभ गरेको छ । अर्थ मन्त्रालयले ड्राइभ गरेको बसमा सरोकारवाला निकायहरु मन्त्रालयले ड्राइभ गरेको बसको गतिमा हिँडिरहेका छौं । तिब्र गतिमा रहेको बसलाई अर्थ मन्त्रालयले ब्रेक लगाएको थियो । त्यहाँ विभिन्न खालका ब्रेकहरु थिए । त्यो पार गर्दै आएका थियौं । तर सबै ब्रेक स्टनल थिए । नेपालमा पहिलो पटक अर्थतन्त्रको इन्जिन बिग्रियो । बजारमा तरलता चरम अभाव भयो । अर्थतन्त्रको हिँड्ने बाटोको लिमिट ४।५ प्रतिशत रहेको छ तर अर्थ मन्त्रालय र राष्ट्र बैंकले अर्थतन्त्रालाई ९ प्रतिशतमा कुदायौँ । त्यो अर्थतन्त्रको बस अर्थमन्त्रालय र राष्ट्र बैंकले कुदाएको हो । कोभिडको समयमा धेरै सहुलियत दिइयो । त्यसमा उद्योगी व्यवसायीहरुले पनि तालि बजायौं । गन्तव्यमा चाँढै पुगिने भयो भनेर रमायौं । श्रीलंका,बंगलादेशमा र पाकिस्तानमा दुर्घटना भएको देखियो र बिस्तारै उकालो लाग्यौं । उकालो लाग्दा ड्राइभ गर्ने अर्थ मन्त्रालय र राष्ट्र बैंकले एक्कासी ब्रेक लगाए । ब्रेक लगाउँदा सरकारले अर्थतन्त्र बच्यो तर उद्योगी व्यवसायीलाई कसले बचाउने रु अहिले व्यापार सन्तुलन र तरलता ठिक अवस्थामा आएको छ । तर पनि उद्योगी व्यवसायीहरु समस्यामा रहेका छन् । उनीहरुलाई नबँचाएसम्म अर्थतन्त्र अगाडि जान सक्दैन ।’

उनले थपे, ‘अर्थतन्त्रलाई सरकारकाले चलायमान बनाउन जरुरी छ । यो यथार्थ हो । समयमा नै अर्थतन्त्रलाई ड्राइभ गर्ने चालकहरुले दुर्घटनालाई देख्नुपर्ने थियो । त्यहाँ राम्रो र नराम्रो चाकलमा भरपर्छ । राम्रो चालकले खतरालाई टाढाबाट नै देख्नसक्छ । सही समयमा दुर्घटना रोक्न तिब्रतालाई कम गर्छ । तर नराम्रो ड्राइभरले खतरा देखेपछि मात्रै ब्रेक हान्ने हो । हाम्रो अर्थतन्त्रमा त्यही भयो एक्कासी ब्रेक लग्यो । यहाँ राम्रो ड्राइभर भएर दुर्घटना हुने थिएन । ब्रेक लगाउनु भन्दा पहिला उद्योगी व्यवसायीहरुलाई सचेत गर्न सक्नुपर्ने थियो । सरकार र राष्ट्र बैंक भन्दा चलाख बैंकहरु भए । सहचालक चलाख थियो, उ दुर्घटना हुन्छ भनेपछि हाम फालिहाल्यो । अगाडि ब्रेक हान्न भ्याइहालियो र मात्र । नत्र अर्थतन्त्र दुर्घटनामा पर्ने थियो । अर्थतन्त्रको ड्राइभिङ सिट अर्थ मन्त्रालयको हो ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको