Like us!
Follow us!
Connect us!
Watch us!

अपडेट: शेखर गोल्छा पक्राउ हल्लामात्र, प्रहरीले औपचारिक पुष्टि गरेन

अर्थ संसार

विहीबार, १० बैशाख २०८३, ११ : ४० मा प्रकाशित

अपडेट: शेखर गोल्छा पक्राउ हल्लामात्र, प्रहरीले औपचारिक पुष्टि गरेन

व्यवसायी शेखर गोल्छा पक्राउ परेको भन्ने समाचार आज बिहान विभिन्न माध्यममा प्रसारण भएपछि त्यसले व्यापक चर्चा पाएको थियो। तर पछिल्लो विवरणअनुसार उक्त खबर पुष्टि नभई हल्लामात्र भएको देखिएको छ।

व्यवसायी दीपक भट्टसँग सम्बन्धित सेयर कारोबार प्रकरणमा गोल्छाको नाम जोडिएसँगै उनीमाथि निगरानी बढाइएको बताइएको छ। यद्यपि, हालसम्म उनी पक्राउ परेको कुनै आधिकारिक पुष्टि भएको छैन।

नेपाल प्रहरीका प्रवक्ताले गोल्छालाई पक्राउ गरिएको विषयमा हालसम्म कुनै औपचारिक जानकारी प्राप्त नभएको स्पष्ट पारेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको