Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल टेलिकमको साधारणसभा आज, ४० प्रतिशत लाभांश पारित हुने

अर्थ संसार

विहीबार, २८ पुस २०७९, ०६ : ४५ मा प्रकाशित

नेपाल टेलिकमको साधारणसभा आज, ४० प्रतिशत लाभांश पारित हुने

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड(नेपाल टेलिकम) को सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको १५ औँ वार्षिक साधारण सभा आज पुस २८ गते राष्टिय सभागृह, काठमांडौमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

सभाले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुलाई ४० प्रतिशत नगद लाभांश मात्र वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । गत बर्ष कम्पनीले पहिलो पटक नगद सहित बोनश सेयर समेत वितरण गरेको थियो । 

यसैगरी, सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १८ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ त्यसैले पुस १७ गतेसम्म कायम सेयरधनीहरुले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको