Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको राणा शासन : ताल्चा लगाएर एजीएम, सेयरधनीको नाराबाजी !

अर्थ संसार

विहीबार, २८ पुस २०७९, १३ : ०४ मा प्रकाशित

हिमालयन बैंकको तीसऔं वार्षिक साधारणसभा सभाहलको गेटमा ताल्चा लगाएर सम्पन्न गरेको छ । सोल्टी होटलको सभा हलभएको सधारण सभामा संचालकहरु बीच नै चर्काचर्की भएपछि सेयरधनीलाई सभा हल भित्र छिर्न बन्देज लगाएको सेयरधनीहरुले बताएका छन् । 

सभा हल भित्र छिर्ने गेटमा भोटे ताल्चा लगाएपछि सेयरधनीहरु गेटमा बसेर विरोधका नारा लगाउन  बाध्य भएका थिए । भन्दै थिए–‘ साधारण सभा भनेको सेयरधनीको हो, रानाले सेयरधनीमाथि राणा शासन चलाए ।’ 

करिव ३० जना जति सेयरधनी गेट बाहीर बसेर गेटमा बसेका सेक्युरिटिहरुलाई खोल्न आग्रह गर्दै थिए । तर सेक्युरिटीहरु भने बैंकको आदेश भएकाले खोल्न मिल्दैन भनेर उल्टै सेयरधनीलाई गेटबाट जबरजस्ती निकाल्ने प्रयास गर्दै थिए । सभामा पत्रकारलाई समेत भित्र छिर्न दिइएको थिएनन् । 

बैंकले सभामा सेयरधनीहरुलाई ८ प्रतिशत बोनस सेयर र ११.११ प्रतिशत नगद गरी कुल १९.११ प्रतिशत लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेश गरेकाे थियाे। त्यस्तै, सम्पति तथा दायित्व मूल्यांकनका आधारमा तय भएको १००ः८०.२८ सेयर स्वाप अनुपातमा सिभिल बैंकलाई एक्वायर गर्ने प्रस्ताव पनि सभामा पेश भयाे । अर्थात, उक्त स्वाप रेसियोका आधारमा सिभिल बैंकको १०० कित्ता सेयर हुनेले एक्विजिसनपछि हिमालयन बैंकको ८०.२८ कित्ता सेयर पाउनेछन् ।

63bfebd887e15.jpg 63bfeca497209.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको