Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश घाेषणा लगत्तै नेप्सेले गर्याे साल्ट ट्रेडिङ्गकाे काराेबार राेक्का

अर्थ संसार

विहीबार, २८ पुस २०७९, १३ : २३ मा प्रकाशित

लाभांश घाेषणा लगत्तै नेप्सेले गर्याे साल्ट ट्रेडिङ्गकाे काराेबार राेक्का

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडकाे काराेबार राेक्का गरेकाे छ । कम्पनीले काराेबार समयमा लाभांश घाेषणाकाे सूचना सार्वजनिक गरेपछि नेप्सेले काराेबार राेक्का गरेकाे हाे ।

साल्ट ट्रेडिङ्गले गर्याे काराेबार समयमै लाभांश घाेषणा, बाेनस र नगद कति ?

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२(१) (घ) बमोजिम जानकारी नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट सो कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेकाे सूचनामा उल्लेख गरिएकाे छ ।

ऐ. विनियमावलीको विनियम १६(१) (ख) मा भएको व्यवस्था अनुरूप उक्त कम्पनीको धितोपत्रको कारोबार रोक्का गरिएको भन्दै कम्पनीले के कति कारणबाट समयमानै जानकारी नदिएको हो ? यो पत्र प्राप्त भएको मितिले ३ (तीन) कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएकाे छ ।

नेप्सेले  प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

63bfbc98587b0.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको