Like us!
Follow us!
Connect us!
Watch us!

भिडियोमा हेर्नुहोस हिमालयन बैंकको जात्रा : संचालकहरुको लफडा लुकाउन सेयरधनीलाई सभा हलमा प्रवेश निषेध

अर्थ संसार

विहीबार, २८ पुस २०७९, २० : २१ मा प्रकाशित

हिमालयन बैंकको तीसऔं वार्षिक साधारणसभा सभाहलको गेटमा ताल्चा लगाएर सम्पन्न गरेको छ । सोल्टी होटलको सभा हलभएको सधारण सभामा संचालकहरु बीच नै चर्काचर्की भएपछि सेयरधनीलाई सभा हल भित्र छिर्न बन्देज लगाएको सेयरधनीहरुले बताएका छन् । 

सभा हल भित्र छिर्ने गेटमा भोटे ताल्चा लगाएपछि सेयरधनीहरु गेटमा बसेर विरोधका नारा लगाउन  बाध्य भएका थिए । भन्दै थिए–‘ साधारण सभा भनेको सेयरधनीको हो, रानाले सेयरधनीमाथि राणा शासन चलाए ।’ 

करिव ३० जना जति सेयरधनी गेट बाहीर बसेर गेटमा बसेका सेक्युरिटिहरुलाई खोल्न आग्रह गर्दै थिए । तर सेक्युरिटीहरु भने बैंकको आदेश भएकाले खोल्न मिल्दैन भनेर उल्टै सेयरधनीलाई गेटबाट जबरजस्ती निकाल्ने प्रयास गर्दै थिए । सभामा पत्रकारलाई समेत भित्र छिर्न दिइएको थिएनन् । 

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको