Like us!
Follow us!
Connect us!
Watch us!

मेगा क्यापिटलकाे नयाँ लगानी व्यवस्थापन सेवा : 'स्वास्थ्य र पोर्टफोलियो दुवै सुरक्षित'

अर्थ संसार

शुक्रबार, २९ पुस २०७९, १४ : ५० मा प्रकाशित

मेगा क्यापिटलकाे नयाँ लगानी व्यवस्थापन सेवा : 'स्वास्थ्य र पोर्टफोलियो दुवै सुरक्षित'

मेगा क्यापिटल मार्केट्स लिमिटेडले लगानी व्यवस्थापन सेवा {Portfolio Management Service (PMS)} अन्तर्गत ग्राहक वर्गलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा परी आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बीमा आवद्ध गरी नयाँ Mega Insured Portfolio सेवा सञ्चालनमा ल्याएको छ । 

यस नयाँ सेवाले ग्राहकलाई दुर्घटना तथा स्वास्थ्य अनुकुल नहुनाले अस्पताल भर्नाको आकस्मिक खर्चबाट सुरक्षा प्रदान गर्नुका साथै शेयर बजारमा हुने लागानीको जोखिमलाई समेत न्यूनीकरण गरी उचित प्रतिफल प्रदान गर्नेमा केन्द्रित रहनेछ । सबल तथा सुरक्षित भविष्यका लागि गरिने लगानीमा आकस्मिक पर्न आउने स्वास्थ्य समस्याले तय गरिएको रणनीति तथा योजनामा धक्का पार्ने हुनाले यस्ता प्रकारको आइ पर्ने खर्चलाई बीमाद्वारा सुरक्षित गरेमा ढुक्कको साथ भविष्यका लागि लगानी रकम थप वृद्धि गरी अझै उज्जवल तथा समृद्ध भविष्य परिकल्पना गर्न सहयोग पुग्ने विश्वास कम्पनीले लिएको छ । 

लगानीको आकार बमोजिम बीमाको सुरक्षा रकम निर्धारण गरिएको र सो रकमलाई दुर्घटना बीमा तथा स्वास्थ्य बीमा अनर्गत अस्पताल भर्ना खर्च बीमा रकममा बराबर अनुपातमा विभाजन गरिएको छ । 

उक्त सेवा न्यूनतम ३ लाख नगदबाट वा आफूसँग भएको उक्त रकम बराबरको सेयर दिएर समेत प्रारम्भ गर्न सकिनेछ । 
 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको