Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंककाे वित्तीय चिरफार : नाफा ३ अर्ब ४१ करोड नाघ्दा ईपीएस पनि बढ्याे

अर्थ संसार

आइतबार, ०८ माघ २०७९, ११ : ३५ मा प्रकाशित

नबिल बैंककाे वित्तीय चिरफार : नाफा ३ अर्ब ४१ करोड नाघ्दा ईपीएस पनि बढ्याे

नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७९/८० को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार बैंककाे अधिकांश सूचकमा चमक देखिएकाे छ । 

खुद नाफा

चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले ३ अर्ब ४१ करोड ७६ लाख ९८ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा ५६.६७ प्रतिशतले धेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब १८ करोड १४ लाख २० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद व्याज आम्दानी

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी पनि ८५.६३ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड २९ लाख ५६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी ४ अर्ब २१ करोड ९६ लाख १८ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा पनि ५६.०६ प्रतिशतले बढेर ४ अर्ब ८६ करोड १७ लाख ९६ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले ३ अर्ब ११ करोड ५३ लाख ८९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

वितरणयोग्य मुनाफा

यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ९७ करोड १३ लाख ६९ हजार रुपैयाँ रहेको छ।

चुक्ता पूँजी

बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेकाे छ ।

जगेडा काेष

जगेडा कोषमा २५ अर्ब ५७ करोड ४१ लाख ४० हजार रुपैयाँ सञ्चित रहेको छ ।

ईपीएस

बैंककाे प्रतिसेयर आम्दानी ( ईपीएस) २५ रुपैयाँ ३३ पैसा रहेकाे छ । गत वर्षकाे यसै अवधिमा २३ रूपैयाँ ५९ पैसा रहेकाे थियाे । 

नेटवर्थ 

प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ १२ पैसा रहेकाे छ । गत वर्षकाे यसै अवधिमा १८४ रुपैयाँ २८ पैसा रहेकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको