Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश पारित गर्न तारागाँउ रिजेन्सीले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

आइतबार, ०८ माघ २०७९, ११ : ५६ मा प्रकाशित

लाभांश पारित गर्न तारागाँउ रिजेन्सीले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

तारागाँउ रिजेन्सी होटल कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे पाैष २६ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २६औँ वार्षिक साधारण सभा फागुन ३ गते, बुधबार, नेपाल पर्यटन बाेर्ड, भृकुटीमण्डप, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीकाे सञ्चालक समतिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट सेयरधनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, सभामा, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ १८ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, माघ १७ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको