नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साेमबार एक कम्पनीकाे बाेनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको ८.५ प्रतिशत बाेनस बापतकाे ९ लाख ७९ हजार २३ दशमलव ३१८२ कित्ता सेयर सूचिकृत भएकाे हाे ।
बैंककाे साेर्हाैँ वार्षिक साधारण सभाबाट पारित गरिएकाे बाेनस सूचिकृत भएकाे थियाे । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ८.५०% बोनस सेयर र कर प्रयोजनका लागि ०.४५% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस