Like us!
Follow us!
Connect us!
Watch us!

मेरो माइक्रोफाइनान्सले पठायो लाभांश, तपाईंको खातामा आयो ? नआए यसो गर्नुस्

अर्थ संसार

मंगलबार, १० माघ २०७९, ०७ : ४२ मा प्रकाशित

मेरो माइक्रोफाइनान्सले पठायो लाभांश, तपाईंको खातामा आयो ? नआए यसो गर्नुस्

मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ । 

कम्पनीको माघ ६ गते सम्पन्न भएको वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

साधारण सभाबाट पारित गरिएको १० प्रतिशत नगद लाभांश मध्य लाभांशमा लाग्ने कर कट्टी गरि बाँकी रकम संस्थाले आईपीएस मार्फत सेयरधनीहरूको खातामा पठाएको जनाएको छ ।

त्यसैगरी, कम्पनीले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले बैंक खाताका साथसाथै प्यान नम्बर पनि अद्यावधिक गर्न आग्रह गरेको छ ।  

कम्पनीको सेयर रजिष्ट्रार ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको