Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रिमा

अर्थ संसार

बुधबार, ११ माघ २०७९, ०८ : १६ मा प्रकाशित

कुमारी बैंकको ३ लाख ३४ हजार कित्ता संस्थापक सेयर बिक्रिमा

कुमारी बैंक लिमिटेडले माघ आज ११ गतेदेखि ३ लाख ३४ हजार ९ सय ६ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ  ।

बैंकले एक सूचना प्रकाशन गर्दै नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम संस्थाका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको केन्द्रिय कार्यालयमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो ।

त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि बैंकले जनाएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको