Like us!
Follow us!
Connect us!
Watch us!

सर्वोच्च अदालतको फैसला : गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

अर्थ संसार

शुक्रबार, १३ माघ २०७९, १९ : १० मा प्रकाशित

सर्वोच्च अदालतको फैसला : गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज

सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज गरेको छ। सर्वाच्च अदालतको निर्णय संगै लामिछानेको उपप्रधान तथा गृहमन्त्री पद पनि गुमेको छ ।

त्यस्तै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापति बन्न समेत अयोग्य भएका छन् । 

अदालतले लामिछानेलाई उम्मेदवार कायम गर्ने, निर्वाचित घोषणा गर्ने, प्रमाणपत्र दिने लगायतका कामकारबाही संविधानको धारा १३३ को उपधारा (२), (३) तथा धारा १३७ बमोजिम उत्प्रेषणको आदेश बदर हुने अदालतको फैसला छ ।

लामिछानेविरुद्ध अधिवक्ता रविराज बसौलाले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको