नेकपा (एमाले)का युवा नेता महेश बस्नेतले नख्खु कारागार तोडफोड र त्यसपछि बढेका आपराधिक घटनाको जिम्मेवारी काठमाडौं महानगरका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेले लिनुपर्ने बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत लेख्दै दाङका फरार कैदी आकाश मगरद्वारा बालाजुमा खुकुरी प्रहारबाट एक युवकको हत्या र यसअघि भागेका सन्तबहादुर तामाङद्वारा आफ्नै श्रीमतीको हत्या भएका घटनालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै ती घटनाहरू “जेनजी आन्दोलन र जेल तोडफोडको प्रत्यक्ष परिणाम” भएको आरोप लगाए।
बस्नेतले लेखेका छन्, “युवा उचाल्ने बालेन र जेल तोडेर आफू सहित कैदी भगाएर हिरो बन्ने रविले यसको जिम्मा लिनुपर्छ।” उनका अनुसार, जेनजी आन्दोलनको नाममा देशभर फैलिएको अराजकता अहिले अपराध र जनजीवनमा भयको वातावरण सिर्जना गर्न पुगेको छ।
उनले सरकारलाई फरार कैदीहरूलाई छिटो नियन्त्रणमा लिन र जिम्मेवारहरूमाथि कडा कारबाही गर्न माग गरेका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस