Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाको आकस्मिक सचिवालय बैठकले अर्याललाई दिए कार्यबहाक जिम्मेवारी

अर्थ संसार

सोमबार, ०८ पुस २०८१, १८ : ५० मा प्रकाशित

रास्वपाको आकस्मिक सचिवालय बैठकले अर्याललाई दिए कार्यबहाक जिम्मेवारी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कार्यबहाक सभापतिको जिम्मेवारी उपसभापति डिपी अर्याललाई  दिएको छ । 

केन्द्रिय कार्यालय, बनस्थलीमा जारी आकस्मिक सचिवालय बैठकले अर्याललाई कार्यबहाक सभापतिको जिम्मेवारी दिएको हो ।

सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रास्वपाले सचिवालय बैठक बोलाएको थियो, जस पछि बोलाइएको बैठकमा लामिछानेको अनुपस्थितिमा पार्टीको काम कारबाही अघि बढाउन अर्याललाई कार्यबहाकको जिम्मेवारी दिइएको हो ।

सरकारी वकिल कार्यालय, कास्कीले रबि माथी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा मुद्दा दर्ता गरेको छ । जसका कारण उनी अझै हिरासत मुक्त हुने वा नहुने टुंगो नभए पछि अर्यालले सो जिम्मेवारी पाएका हुन । 

आजवाट जिल्ला अदालत कास्कीमा लामिछानेको बयान सुरु भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको