Like us!
Follow us!
Connect us!
Watch us!

रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत परीक्षण हुँदै

अर्थ संसार

सोमबार, ०२ भदौ २०८२, १७ : ४९ मा प्रकाशित

रवि लामिछानेको स्वास्थ्यमा समस्या, रगत परीक्षण हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको स्वास्थ्यमा समस्या देखिएको छ । रुपन्देहीबाट नख्खु कारागार सरुवा भएर आएका लामिछानेलाई स्वास्थ्य समस्या देखिएपछि ट्रमा सेन्टरका स्वास्थ्यकर्मीलाई कारागारमै बोलाएर परीक्षण गरिएको हो । 

लामिछानेलाई रुपन्देहीबाट ल्याउँदा नै हातको छाला पहेंलो देखिएको थियो । लामो समयसम्म बाहिर ननिस्किनु र स्वास्थ्य परीक्षण नियमित नभएकाले पनि यस्तो समस्या देखिएको हुनसक्ने अनुमान गरिएको छ । हाल लामिछानेको रगत परीक्षण भइरहेको बोहराले बताए । लामिछानेलाई गत शनिबार रुपन्देहीबाट नख्खु कारागार सरुवा गरिएको हो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको