Like us!
Follow us!
Connect us!
Watch us!

हारपछि जित हुन्छ- अध्यक्ष नेपाल

अर्थ संसार

आइतबार, १५ माघ २०७९, ०७ : ३९ मा प्रकाशित

हारपछि जित हुन्छ- अध्यक्ष नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनौतीको सामना गर्ने र अवसरका लागि अगाडि बढ्नेहरू मात्रै सफल हुने बताएका छन्।

राजविराजमा शनिबार आयोजित अगुवा एकीकृत समाजवादीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेपालले राजनीति चुनावमा हारजित भइरहने भएकाले आत्तिन नहुने बताएका हुन्।

'हार भन्ने कुरा सधैं भइरहँदैन। बाधा, अवरोध पन्छाउँदै अगाडि बढेमा हारपछि जित हुन्छ,' नेपालले भने।

भारतमा पनि जवाहारलाल नेहरू, इन्दिरा गान्धी हुँदा जितिरहेको कंग्रेस (आई) अहिले हारिरहेको र भाजपाले जितिरहेको उदाहरण दिँदै उनले कंग्रेस (आई) ले अहिले सुरू गरेको देशव्यापी अभियानमा लाखौं मानिसहरू जोडिएर नयाँ तरंग सिर्जना गरिरहेको पनि बताए।

उनले जनताको सम्मान गर्ने विचार भएको पार्टीका कार्यकर्ताहरूलाई हिम्मत नहार्न आग्रह गर्दै समानुपातिक मतदानमा कमजोरी र बेवास्ता भएकाले आशा गरेअनुसार परिणाम प्राप्त नभएको बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको