Like us!
Follow us!
Connect us!
Watch us!

नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताललाई जापानबाट आँखा स्वास्थ्यका उपकरण हस्तान्तरण

अर्थ संसार

बुधबार, १८ माघ २०७९, १३ : ५० मा प्रकाशित

नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताललाई जापानबाट आँखा स्वास्थ्यका उपकरण हस्तान्तरण

जापानी नागरिकहरुका तर्फबाट नेपाल नेत्रज्योति संघ किर्तिपुर आँखा अस्पताल तथा अध्ययन केन्द्रलाई प्रदान गरिएको आँखा स्वास्थ्य सम्बन्धी उपकरणहरु हस्तान्तरण कार्यक्रम सम्पन्न भएकाे छ । करिब २ करोड मूल्य बराबरका स्वास्थ्य सामाग्रीहरु जापान सरकारको (Grant Assistance For Grassroots Projects-GGP) कार्यक्रम अन्तरगत अनुदानमा प्रदान गरिएको हो ।

नेपाल नेत्रज्योति संघद्धारा वि.स २०७२ सालमा आँखा उपचार केन्द्रका रुपमा स्थापना भएको यस अस्पताललाई वि.सं २०७४ सालमा आँखा अस्पतालका रुपमा स्तरोन्नति गरिएको थियो । स्थापनाकालदेखि नै अस्पतालले आम नागरिकहरुलाई सर्वसुलभ मूल्यमा गुणस्तरिय आँखा उपचार सेवा प्रदान गर्दै आईरहेको छ ।

यस अस्पतालको सेवालाई थप प्रभावकारी र गुणस्तरिय बनाउन आवश्यक स्वास्थ्य उपकरणहरु प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा वि.स २०७७ साल कार्तिक १९ नेपालस्थित जापानी राजदुतावास र नेपाल नेत्रज्योति संघकाबीचमा हस्ताक्षर भएको थियो ।

सन् २०२२ मा अस्पतालले २३ हजार ५४० जनालाई आँखा उपचार सेवा प्रवाह गरेको थियो भने हालसम्म अस्पतालबाट करिब ७ हजारभन्दा बढि व्यक्तिको आँखाको शल्यक्रिया भइसकेको छ जसमध्यमा करिब ३ हजार जनाको शल्यक्रिया निःशुल्क भएको थियो ।

अस्पतालले हाल काठमांडौ र ललितपुरमा गरी जम्मा ४ वटा आँखा उपचार केन्द्रहरु समेत सञ्चालन गरिरहेको छ । काठमाडौँका शंखरापुर नगरपालिकामा साँखु आँखा उपचार केन्द्र, दक्षिणकाली नगरपालिकामा दक्षिणकालि आँखा उपचार केन्द्र र चन्द्रागिरी नगरपालिकामा चन्द्रागिरी आँखा उपचार केन्द्र रहेका छन् भने ललितपुरको महालक्ष्मी नगरपालिकामा लभु आँखा उपचार केन्द्र सञ्चालनमा छ ।

हाल नेत्रज्योति संघले २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिबिहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् ।

सन् २०२१ मा नेत्रज्योति संघद्धारा सञ्चालित आँखा अस्पताल, उपचार केन्द्रहरु तथा विभिन्न आँखा शिबिरहरुबाट कुल २२ लाख २० हजार २०७ जनाको आँखा जाँच तथा २ लाख ८ हजार ९८० जनाको शल्यक्रिया सम्पन्न भएको जानकारी गराउँदछौ सन् २०२२ मा यो संख्यामा अझै वृद्धि आएको छ ।

हालै मात्र नेत्रज्योति संघले आफ्नो ५ वर्षे रणनितिक योजना तयार पारेको छ । उक्त योजनाले नेपालमा बढी भन्दा बढी मानिसहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै नेपाललाई आँखा उपचारका लागि पर्यटन गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ । 

तस्विर हेर्नुहाेस् :
 

63da1f3dbf822.jpg 63da1f3dccae1.jpg 63da1f3e1b6b9.jpg 63da1f3e26677.jpg 63da1f3e49a07.jpg 63da1f3e58ad7.jpg 63da1f3e78797.jpg 63da1f3e9530a.jpg 63da1f3ebcce6.jpg 63da1f3ed53f9.jpg 63da1f3f081be.jpg 63da1f3f1acbd.jpg 63da1f3f50b42.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको