Like us!
Follow us!
Connect us!
Watch us!

१० दिनमा अडानीको नेटवर्थ आधा घटाएको हिडेनवर्ग रिसर्चले यसअघी सार्वजनिक गरेको १७ रिपोर्ट

धिरज पौड्याल

आइतबार, २२ माघ २०७९, १६ : ३० मा प्रकाशित

१० दिनमा अडानीको नेटवर्थ आधा घटाएको हिडेनवर्ग रिसर्चले यसअघी सार्वजनिक गरेको १७ रिपोर्ट

पछिल्लो दश दिन यता विश्व धनाढ्यको सूचीमा तेश्रो स्थानमा रहेको गौतम अडानीको नेटवर्थ एकाएक घटेर सूचीको तेश्रो स्थानमा रहेका अडानी सूचीको सत्रौँ स्थानमा पुग्यो १० दिनको अवधिमा ६४.७ बिलियन नेटवर्थ गुमाए। 

गत १० दिन यता हिडेनवर्ग रिसर्चले सार्वजनिक गरेको रिपोर्टको चर्चा चुलिएको छ। उनको नेटवर्थ १२६.४ बिलियन बाट घटेर ६१.९ बिलियन अमेरिकी डलरमा आएको छ। 

अमेरीका स्थीत हिडेनवर्ग रिसर्चले स्थापना वर्ष २०१७ देखि विभिन्न कम्पनीहरु माथि विभिन्न रिपोर्ट सार्वजनिक गर्दै आइरहेको छ।हिडेनवर्ग रिसर्चले आफु वित्तीय फोरेन्सिक रिसर्च संस्था भएको जनाउँछ । वित्तीय ठगी पत्ता लगाउने संस्था हिडेनवर्ग रिसर्च आफै माथि वित्तीय अवैधानिकताको प्रश्न बारम्बार उठ्ने गरेको पाइन्छ। फाइनान्सियल फोरेन्सिकलाई सरल भाषामा बुझ्दा वित्तीय ठगी र फ्रडको अध्ययन अनुसन्धान हो। हिडेनवर्ग रिसर्चले सन् २०२० मा निकोला कम्पनी माथि सार्वजनिक गरेको रिपोर्टले सर्वाधिक चर्चा पायो। 

सन् २०१७ मा वित्तीय विश्लेषक न्याथन एन्डरसनले स्थापना गरेको हिडेनवर्ग रिसर्चले हालसम्म १८ कम्पनीमाथि रिपोर्ट सार्बजनिक गरेको छ। 

१. RD Legal: सन् २०१६ मा संस्थापक एन्डरसनले आरडी लिगल सम्बन्धित व्हिसलब्लो रिपोर्ट Secureties and Exchange Commission अमेरिका समक्ष पेश गरेका थिए। RD Legal ले लगानीकर्तालाई गलत जानकारी र मिससेन्टिमेन्ट दिएको उल्लेख गरिएको थियो जसले कम्पनीका संस्थापकलाई जरिवाना र कम्पनीको निलम्बनको नेतृत्त्व गरेको थियो।

२. पर्शिङ गोल्ड: सन २०१७ नोभेम्वरमा पर्शिङ गोल्ड नामक कम्पनीले लामो समयदेखि विभिन्न पम्प र डम्प स्किम चलाउँदै आएको बारे एक लेख सार्वजनिक गर्यो जसले कम्पनीको अनियमितता को योजनाकार को पहिचान पश्चात Secureties and Exchange Commission ले बारम्बार पम्प एण्ड डम्प योजना चलाएको आरोप लगाएको थियो। 

३. ओपको हेल्थ:  हिडेनवर्ग रिसर्चले २०१७ नोभेम्वरमै अर्को कम्पनी ओपको हेल्थ (Opko-Health) को ३ बिलियन डलरको क्यापबारे एक लेख सार्वजनिक गर्यौ जसमा कम्पनीको आपराधिक कनेक्सन साथै उत्पादनको असफलता र अनियमितताको प्रकरण उल्लेख गर्यो। सन् २०१८ को अन्त्यमा ओपको हेल्थका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत र कम्पनी स्वयंलाई Secureties and Exchange Commissionले ठगीको आरोप लगाएको थियो।

४. पोलारिटी टीई: डिसेम्बर २०१७ मा पोलारिटी टीई बारे वित्तीय ठगीबारे उल्लेख गरे । कम्पनीका प्रमुख वित्तीय अधिकृतले राजीनामा दिएका थिए भने सन २०१८ मा Secureties and Exchange Commission अमेरिकाले कम्पनीले पम्प एण्ड डम्प स्किममा सहभागी भएको आरोप लगाएको थियो। 

५. रियोट ब्लक्चेन : डिसेम्बर २०१७ मै हिडेनवर्ग रिसर्चले अर्को कम्पनी रियोट ब्लक्चेनको आन्तरिक स्वार्थका लागि संस्कास्पद अर्को कम्पनीको प्राप्ति बारे लेख प्रकाशित गर्यो। प्रकाशीत जानकारीको आधारमा पछि २०१८ मा CNBC TV ले कार्यक्रम संचालन गर्यो । Secureties and Exchange Commission अमेरिकाले उक्त कम्पनीका सिईओलाई फ्रडको आरोप गर्यो। 

६. एफ्रिय: हिडेनवर्ग रिसर्चले २०१८ डिसेम्बरमा एक लेखमा अफ्रिया कम्पनीले आन्तरिक स्वार्थका लागि अत्याधिक अनियमितता, उच्च भ्यालुएसनमा प्राप्ति गरेको उल्लेख गर्यो, पछि संलग्न रहेका कम्पनीका अध्यक्ष, सिईओ, सह संस्थापक, लगायतले राजीनामा दिए र उनीहरूको संलग्नता रहेको स्वीकारे।

७. लिवर्टी हेल्थ साइन्स: डिसेम्बर २०१८ मा लेख सार्वजनिक गर्दै एफ्रिय र लिवर्टी हेल्थ साइन्स बीचको अनियमित अधिग्रहणबारे उल्लेख गरेको थियो। जसले लिवर्टी हेल्थ साइन्सका सिईओ, फाइनान्सियल अधिकृत सहित ४ सञ्चालकले राजीनामा दिन बाध्य भएका थिए। 

८.Yangtze River Port & Logistic: डिसेम्बर २०१८ मा हिडेनवर्ग रिसर्चले Yangtze River Port & Logistic बारे एक लेख प्रकाशित गर्यो। चीनको २ बिलियन डलर पूँजीकरणको कम्पनीको अध्यनले कम्पनीको कुनैपनि मुख्य एसेट र सम्पति नरहेको उल्लेख गर्यो, उक्त रिपोर्ट पश्चात कम्पनीको ९८% सेयरमा गिरावट आयो। 

९. ब्लूम इनर्जी: सेप्टेम्बर २०१९ मा ब्लूम इनर्जी बारे एक लेख सार्वजनिक गर्दै कम्पनीले व्यलेन्स शीटमा लुकाएको (सार्वजनिक नगरेको) अर्बौ डलर ऋण रहेको उल्लेख गर्यो 

१०. Smile Direct Club: अक्टोबर २०१८ मा हिडेनवर्ग रिसर्चले अनियमितताको एक अध्ययन सार्वजनिक गर्यो। 

११. HF Food: मार्च २०२० मा हिडेनवर्ग रिसर्चले HF Foodको सेयरहोल्डर क्यापिटलको गलत बाँडफाँड र ठूलो अपारदर्शी कारोवार र ५०९ मिलियन डलरको मर्जर बारे उल्लेख गरेको थियो। 

१२. प्रेडीक्टीभ टेक्नोलोजी ग्रुप: हिडेनवर्ग रिसर्चले कम्पनिको कोभिड -१९ सम्बन्धी प्रेस विज्ञप्ति माथि प्रश्न उठाएको थियो। हिडेनवर्ग रिसर्चको रिपोर्ट पश्चात कम्पनीले ९०% भ्यालु गुमाएको थियो। 

१३. WORX: हिडेनवर्ग रिसर्चले सार्वजनिक गरेको रिपोर्टमा कम्पनीले घोषणा गरेको काभिडको परीक्षण समझौता पूर्ण रूपमा फर्जी भएको उल्लेख गरेको थियो। 

१४. China Metal Resources Utilization: हिडेनवर्ग रिसर्चले China Metal Resources Utilization लाई Zombie कम्पनिको संज्ञा दिँदै रिपोर्ट सार्बजनिक गर्यो जसमा कम्पनी गम्भीर वित्तीय संकटमा रहेको र ठूलो मात्रामा अप्रतक्ष्य कारोबार र लेनदेन भएको र अन्य अनियमितताको पहिचान गर्यो। 

१५. Genius Brand: सन २०२० जुन मा हिडेनवर्ग रिसर्चले रिपोर्ट सार्बजनिक गरेको थियो। जसको प्रभावले कम्पनीको शेयरमा ८०% को गिरावट आएको थियो। 

१६. Wins Finance: हिडेनवर्ग रिसर्चले विन्स फाइनान्सको चीनमा स्थित सबसीड्यारी कम्पनीमा ३५० मिलियन डलर फ्रिज भएको थियो जुन कुरा अमेरिकी लगानीकर्तालाई उल्लेख गरिएको थिएन । याे रिपोर्ट पश्चात अमेरिकी स्टक एक्सचेन्ज NASDAQ ले कम्पनीलाई डी लिस्ट गरेको थियो। 

१७. निकोला: सेप्टेम्बर २०२० मा हिडेनवर्ग रिसर्चले निकोला बारे सार्वजनिक गरेको रिपोर्टले निकोला एकाएक चर्चामा आयो। हिडेनवर्ग रिसर्चको निकोलाको वर्षौ देखिको झुटो समझौता रहेको उल्लेख गरेको थियो। 

*उल्लेखित कम्पनीहरु सेयरबजारमा सूचीकृत कम्पनीहरु हुन् ।

जानकरी स्रोत: 

https://hindenburgresearch.com/about-us/




 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको