Like us!
Follow us!
Connect us!
Watch us!

आर्थिक सूचक सुधारोन्मुख, विदेशी विनिमय सञ्चिति साढे दस महिनाको वस्तु आयात धान्न पर्याप्त

अर्थ संसार

मंगलबार, २४ माघ २०७९, ०६ : ५४ मा प्रकाशित

आर्थिक सूचक सुधारोन्मुख, विदेशी विनिमय सञ्चिति साढे दस महिनाको वस्तु आयात धान्न पर्याप्त

यस वर्षको असार मसान्तसम्म १२  खर्ब १५ अर्ब ८० करोड रुपियाँ रहेको कुुल विदेशी विनिमय सञ्चिति छ महिनामा १० प्रतिशतले वृद्धि भई पुुस मसान्तसम्ममा १३ खर्ब ३७ अर्ब २९ करोड रुपियाँ पुुगेको छ । 

विदेशी  विनिमय  सञ्चिति  मङ्सिर  मसान्तमा १२ खर्ब ९२ अर्ब ५६ करोड रुपियाँ बराबरको  रहेको  थियो  ।  यसको  तुलनामा  पुस मसान्तमा ६ दशमलव ३ प्रतिशत वृद्धि भएको छ । अमेरिकी  डलरमा  विदेशी  विनिमय  सञ्चिति छ महिनाको अवधिमा ८ प्रतिशतले बढेर १० अर्ब ३० करोड कायम रहेको राष्ट्र बैङ्कको प्रतिवेदनमा उल्लेख छ 

विदेशी  मुद्राको  सञ्चिति  दबाबमा  रहेपछि  नेपाल  राष्ट्र  बैङ्कले  आयातमा  नगद  मार्जिन  लगाउने  र  ब्याजदर  बढाउने  गरी  नीति  लिएको  थियो  ।  यसकै  फलस्वरूप  असार  मसान्तमा  नौ  अर्ब  ५४  करोड  अमेरिकी  डलर  रहेकामा  पुस  मसान्तसम्ममा ७६ करोडले बढेको हो ।

चालू आर्थिक वर्षको छ महिनाको आयातलाई आधार मान्दा बैङ्किङ  क्षेत्रसँग  रहेको विदेशी विनिमय सञ्चिति १० दशमलव चार महिनाको वस्तुु आयात र नौ दशमलव १० महिनाको वस्तुुु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैङ्कले जनाएको छ

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको