Like us!
Follow us!
Connect us!
Watch us!

राजधानीका विभिन्न स्थानमा बर्डफ्लु, उच्च सर्तकता अपनाउन आग्रह

अर्थ संसार

मंगलबार, २४ माघ २०७९, ०८ : ०० मा प्रकाशित

राजधानीका विभिन्न स्थानमा बर्डफ्लु, उच्च सर्तकता अपनाउन आग्रह

राजधानीका विभिन्न स्थानमा बर्डफ्लुको संक्रमण देखा परेको छ । सरकारले राजधानीका कुखुरा फर्ममा नै वर्डफ्लुको संक्रमण देखिएपछि आम उपभोक्तालाई उच्च सर्तकता अपनाउन आग्रह गरेको छ ।

ललितपुरको खुमलटार, काठमाडौंको रामकोट र तारकेश्वरमा रहेको कुखुरा फर्ममा रहेका कुखुरामा बर्डफ्लु संकमण पुष्टि भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

खुमलटारस्थित कृषिअनुसन्धान परिषद् नार्कको अनुसन्धान फार्ममा पहिलो संक्रमण पुष्टि भएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र ललितपुरले जानकारी दिएको छ । ती फर्ममा वर्डफ्लु देखिएपछि सबै कुखुरा नष्ट गरिएको केन्द्रले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको