Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः विदेशी सञ्चिति रकम लक्ष्यभन्दा बढी

अर्थ संसार

शुक्रबार, २७ माघ २०७९, १३ : २९ मा प्रकाशित

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाः विदेशी सञ्चिति रकम लक्ष्यभन्दा बढी

नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाअनुसार लक्ष्यभन्दा बढी विदेशी विनिमय सञ्चिचि रकम रहेको जनाएको छ । 

कम्तिमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेगरी विदेशी विनिमय सञ्चिति कायम गर्ने लक्ष्यमा रहेकामा गत पुस समान्तसम्ममा ९।१ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति रहेको समीक्षापत्रमा उल्लेख छ । 

२०८० जेठ मसान्तसम्मको लागि ऋणीले भुक्तानी गर्नुपर्ने कर्जाको साँवा र ब्याज दायित्वको भाखा नाघेको एक महिनाभित्र भुक्तानी गरेमा पेनाल ब्याज लिन नपाउने व्यवस्था गरिएको छ । 

राष्ट्र बैंकले पुस मसान्तसम्म सक्रिय कर्जामा रहेको २ करोडसम्मको कर्जालाई उद्योग–व्यवसायको नगद प्रवाह तथा आम्दानी विश्लेषण गरी आगामी असार मसान्त भित्र पुनर्संरचना तथा पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको