Like us!
Follow us!
Connect us!
Watch us!

मौद्रिक नीतिको समिक्षाले अधिकाश कम्पनीको सेयर घट्दा, बाराही हाइड्रोपावरको सेयरमा भने किन आकर्षण ?

अर्थ संसार

आइतबार, २९ माघ २०७९, २१ : २२ मा प्रकाशित

मौद्रिक नीतिको समिक्षाले अधिकाश कम्पनीको सेयर घट्दा, बाराही हाइड्रोपावरको सेयरमा भने किन आकर्षण ?

मौद्रिक नीतिको समिक्षा सार्वजनिक भएपछिको पहिलो कारोबार दिन लगानीकर्ताले आफ्नो निराशा नेप्से मार्फत पोखे। बजारमा सेलर (बेच्ने ) हाबी हुदा आइतबार मात्रै नेप्से ६०.७७ अंकले घट्यो। नेप्सेमा कारोबार हुने मध्य २०७ कम्पनीको सेयर भाउ ओरालो लाग्यो भने नेप्सेमा  कारोबार हुने मध्य केबल ८ कम्पनी हरियो अर्थात बढेर बन्द भएका छन्। 

त्यी ८ मध्यको एक कम्पनी हो बाराही हाईड्रो पावर कम्पनी लिमिटेड।  नेप्सेमा यस कम्पनीको सिम्बोल रहेको छ BHPL । ​नामैबाट प्रष्ट हुन्छ यो एक जलविद्युत कम्पनी हो। पौष १८ २०७९ मा सुचीकृत यस कम्पनीको अहिले दोस्रो बजारमा सजिलै कारोबार हुने गरेको छ।  यस कम्पनीको प्रति कित्ता पछिल्लो कारोबार मूल्य ६४१.५० रहेको छ। (२९ माघ २०७९ ) रहेको छ।  नेप्सेमा सुचिकृत भएपछि यस कम्पनीमा लगानीकर्ताको निरन्तर आकर्षण देखिन सकिन्छ। 



यस कम्पनी किन एकैनास बढिरहेको छ ? लगानीकर्ताहरु किन यस कम्पनीको सेयरमा आकर्षित भएका होलान ? यस्ता हुन् सक्लान यो कम्पनी एकैनास बढ्नुको कारण :

१. भखरै सूचीकृत कम्पनी :
यस बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सेयर भखरै मात्र सूचीकृत कम्पनी हो।  नेप्सेमा पौष १८ २०७९ मा सूचीकृत यस कम्पनीको आइपिओ  प्रति सेयर एक सय रुपैयाँ अंकित दरका कूल पाँच लाख ५४ हजार कित्ता सेयर निष्कासन गरेको थियो। त्यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको दुई लाख ५० हजार कित्ता सेयरमा एक लाख ४६ हजार कित्ता तोकिएका बासिन्दालाई बाँडफाँट गरी बाँकी एक लाख चार हजारसहित कूल पाँच लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन गरिएको हो । कम्पनीद्वारा निष्कासित सेयरमा २७ हजार सात सय कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी पाँच लाख १५ हजार दुई सय २० कित्ता सेयर खरिदका लागि सर्वसाधारणलाई खुल्ला गरेको थियो। भखरै बजारमा आएको कारण पनि लगानीकर्ता यस कम्पनीको सेयरमा आकर्षित भएको हुनसक्छ। 

२. कम भोल्युम :
बाराही हाइड्रोपावर​को सेयरको केबल पाँच लाख ५४ हजार कित्ता सेयर सर्वसाधारणमा निष्कासन​ भएको र सर्वसाधारणलाई १० कित्ताको दरले सेयर अल्टमेन्ट भएको कारण एकतिरबाट ठूलो संख्यामा बेच्ने सेलर नआउनु र अर्को तर्फबाट भाउ बढाउन पनि थोरै सेयर किन्न खेलाडीलाई सजिलो परेको कारण पनि यस कम्पनीको सेयर मुल्य निरन्तर बढेको हुनसक्ने देखिन्छ। 

कम्पनीको परियोजना बारे 
 कम्पनीले बागलुङको जैमिनी नगरपालिका वडा न. १, ४ र ५ मा पर्ने ठेउले खोलामा एक दशमलव पाँच मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजना निर्माण गरिसकेको छ। उक्त आयोजना करिब ३३ करोड रुपैयाँको लागतमा सम्पन्न भएको हो। २०७१ साल मंसिरबाट निर्माण सुरु भए पनि भूकम्प र नाकाबन्दीका कारण आयोजना धिलो भएको थियो। २६ करोड ५० लाखको लागतमा निर्माण गर्ने गरी काम सुरु भएको आयोजनाको खर्च भने काम सम्पन्न भैसक्दासम्म ३३ करोडबाट माथि गएको हो। 

वेबसाइट 
https://barahihydropower.com.np/

लगानीकर्ताले यस कम्पनीमा लगानी गर्दा ध्यान दिन पर्ने कुराहरु 
बजारमा कुन कम्पनीको मूल्य कति हुन्छ भन्ने कुरा सेयरको माग र आपुर्तिमा भर पर्छ।  यदि माग भन्दा धेरै आपूर्ति धेरै भए त्यस कम्पनीको भाउ घट्न सक्छ भने माग धेरै आपूर्ति कम भए त्यस कम्पनीको मुल्य बढ्ने देखिन्छ।  कम्पनीले कस्तो रणनीति अपनाएको छ ,आकर्षक लाभांस खुवाउने अवस्था छ कि छैन, वित्तिय प्रगति के छ, राम्रो व्यवस्थापन र भाबी योजना के छन् र अनुशासन केन्द्रित भएर काम गरेको छ कि छैन भन्ने कुरा बुझेर  त्यस कम्पनीमा लगानीकर्ता आकर्षित हुने नहुने बुझ्न सकिन्छ। 

बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको सन्दर्भमा कम्पनीले यस समाचार प्रकाशन गर्दा सम्म यस कम्पनीले पछिल्लो त्रैमासिक वित्तीय विवरण निकालेको नहुदा लगानीकर्ता आइपिओ जारी गर्दा कम्पनीले सार्वजनिक गरेको प्र्क्षेपित वित्तीय विवरणको भरमा परेको देखिन्छ।  अहिले कम्पनीको अवस्था के छ, आम्दानी खर्च र हालको अवस्था बारे निकट भविष्यमा निकाल्ने त्रमासिक प्रगति विवरण सुस्म तरिकाबाट अध्ययन गर्न पर्ने देखिन्छ।



साथै ट्रेडर लगानीकर्ताले कम्पनीको माग आपूर्ति र आय्कुमुलेसन जोन बुझेर मात्र लगानी गर्न पर्ने देखिन्छ। धेरै कम्पनीहरुमा पछिल्लो समय केहि लगानीकर्ताहरु पम्प न दमप (बढाउने अनि अरुलाई भिराउने ) रणनीतिले कारोबार गर्ने हुदा लगानीकर्ताले लगानी गर्ने कम्पनी अरुले बढाएर भिडाउने रणनीतिको प्रकारको त परेन भनेर पनि अध्ययन गर्न जरुरी छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको