Like us!
Follow us!
Connect us!
Watch us!

तारागाँउ रिजेन्सी होटलको नाफामा उछाल, १२३ प्रतिशतले बढ्यो रिजर्भको आकार

अर्थ संसार

आइतबार, २९ माघ २०७९, ०७ : ४३ मा प्रकाशित

तारागाँउ रिजेन्सी होटलको नाफामा उछाल, १२३ प्रतिशतले बढ्यो रिजर्भको आकार

तारागाँउ रिजेन्सी होटल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रोे त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफामा व्यापक सुधार देखिएको छ । 

दोस्रोे त्रैमाससम्म आइपुग्दा कम्पनी १० करोड ६१ लाख ६७ हजार रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा होटल १२ लाख ५९ हजार रुपैयाँ घाटामा थियो ।

यसैगरी, समिक्षा अवधीसम्म आइपुग्दा कम्पनीले चुक्ता पूँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको छ भने कम्पनीको रिजर्भको आकार पनि १२३ प्रतिशतले बढेर ५४ करोड १ लाख रुपैयाँ पुगेको छ । 

त्यस्तै, कम्पनीको खुद मुनाफामा बृद्धि आएसंगै प्रतिशेयर आम्दानी पनि सुधार देखिएको छ । गत बर्ष ०.०७ पैसा नकारात्मक रहेको कम्पनीको प्रतिसेयर आम्दानी यो अवधिमा बढेर ५.६३ रुपैयाँ हुन पुगेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ८ पैसा रहेको छ । 

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

63e847eae3b16.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको