Like us!
Follow us!
Connect us!
Watch us!

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

अर्थ संसार

आइतबार, २९ माघ २०७९, १० : ५२ मा प्रकाशित

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज (आइतबार)को विनिमय दर सार्वजनिक गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलर एकको खरिददर १३१ रुपैयाँ ७० पैसा र बिक्रीदर १३२ रुपैयाँ ३० पैसा कायम गरिएको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३१ रुपैयाँ ७२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ३२ पैसा थियो । यो मूल्य अघिल्लो दिनको भन्दा २ पैसा बढेको हो । आईतबार युरोपियन युरो एकको खरिदमा भने १४० रूपैयाँ ९५ पैसा र बिक्रीमा १४१ रूपैयाँ ५९ पैसा पाइन्छ। शुक्रबार युरो एकको खरिदमा भने १४१ रूपैयाँ ९४ पैसा र बिक्रीमा १४२ रूपैयाँ ५९ पैसामा खरिदबित्री भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँले घटेको हो।

यस्तै, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १५९ रूपैयाँ ५० पैसा र बिक्रीदर १६० रूपैयाँ २३ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९१ रूपैयाँ २३ पैसा र बिक्रीमा ९१ रूपैयाँ ६४ पैसा तोकिएको छ। यस्तै, क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ९४ पैसा र बिक्रीमा ९८ रूपैयाँ ३९ पैसा तोकिएको छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ११ पैसा र बिक्रीमा ३६ रूपैयाँ २७ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ १० पैसा र बिक्रीदर ३५ रूपैयाँ २७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रूपैयाँ ८६ पैसा र बिक्रीमा ३६ रूपैयाँ २ पैसा, मलेसियन रिंगिट एकको खरिदमा आईतबार ३० रूपैयाँ ४० पैसा र बिक्रीमा ३० रूपैयाँ ५४ पैसा तोकिएको छ । युसैगरी कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ७० पैसा र बिक्रीमा ४३२ रूपैयाँ ६६ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४९ रूपैयाँ ४० पैसा र बिक्रीदर ३५० रूपैयाँ ९९ पैसा तोकिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको