Like us!
Follow us!
Connect us!
Watch us!

आन्तरिक ऋण उठाउन ट्रेजरी विल्स बिक्री गर्दै राष्ट्र बैंक

अर्थ संसार

आइतबार, २९ माघ २०७९, १२ : ३४ मा प्रकाशित

आन्तरिक ऋण उठाउन ट्रेजरी विल्स बिक्री गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउन १८ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत भोलि (सोमबार) ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

केन्द्रिय बैंकले ८ अर्बको नयाँ ट्रेजरी विल्स बिक्री गर्न लागेको हो भने १० अर्बको ट्रेजरी विल्स नविकरण गर्न लागेको हो। केन्द्रिय बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको नयाँ र नविकारण गरी ७ अर्ब र १८२ दिन अवधिको ६ अर्ब गरी जम्मा १८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जनाएको छ ।

२८ दिन अवधिको ट्रेजरी आगामी फागुन ३० गते परिपक्व हुनेछ भने ९१ दिन अवधिको २०८० जेठ २ गते र १८२ दिने ट्रेजरी आगामी २०८० साउन ३० गते परिपक्व हुनेछ । ट्रेजरीको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको