बैंकका ग्राहकको ठूलो हिस्सा डिजिटल बैंकिङ एप्स र नेटवर्क बैंकिङमा आर्कषित हुदै गएको छ । जसले गर्दा बैंकहरूको सेवा लोकप्रिय र प्रभावकारी बन्दैछ । नेपाल राष्ट्र बैंकको पछिल्लो २ वर्षको तथ्याकं हेर्दा मुलुकमा डिजिटल बैंकिङ प्रयोकर्ता बढेको देखिन्छ ।
बैकका ग्राहकहरूले स्मार्टफोन, ट्याब, ल्यापटप, डेस्कटप र एटीएम जस्ता डिजिटल उपकरणहरुको माध्यमबाट बैंकिङङ कारोबार गर्न सक्छन् । डिजिटल बैंकिङमा डिजिटल वालेट, बैंक एप्स, कन्ट्याक्टलेस र नगद रहित भुक्तानीे हुने भएकाले यसको लोकप्रियता बढ्दो छ । नेपाल राष्ट्र बैंकका अनुसार पुस मसान्त सम्ममा मोबाइल बैंकिङ सुविधा प्रयोगकर्ताहरुको संख्या २ करोड भन्दा बढी पुगेका छन् ।
इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरुको संख्या १७ लाख ६८ हजार पुगेको छ भने डेबिट कार्ड प्रयोगकर्ताको संख्या १ करोड २२ लाख २२ हजार र क्रेडिट कार्ड प्रयोगकर्ताहरुको संख्या २ लाख ७६ हजार पुगेको राष्ट्र बैंकले जनाएको छ । यस्तै विविध वालेट प्रयोगकर्ताहरुको संख्या १ करोड ५९ लाख ६२ हजार पुग्दा भुक्तानीको साधन कनेक्ट आइपीएस प्रयोगकर्ताहरुको संख्या ९ लाख ९४ हजार बढी रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस