Like us!
Follow us!
Connect us!
Watch us!

कालोसूचीमा परेको व्यक्तिले बैंकमा निक्षेप खाता खोल्न नपाउने

अर्थ संसार

आइतबार, २९ माघ २०७९, १३ : ५४ मा प्रकाशित

कालोसूचीमा परेको व्यक्तिले बैंकमा निक्षेप खाता खोल्न नपाउने

बैंक तथा वित्तीय संस्थाको ऋण नतिरेर कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्ने व्यक्तिले अबदेखि नयाँ बैंक खाता खोल्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई एकीकृत निर्देशन जारी गर्दै इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरण अनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको यकिन गरेर मात्र खाता खोल्नुपर्ने व्यवस्था लागु गरेको हो ।

नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले निक्षेप खाता खोल्नु अघि सम्बन्धित व्यक्ति कालोसूचीमा परे/नपरेको सम्बन्धमा कर्जा सूचना केन्द्रबाट सूचना लिनुपर्नेछ । सूचना केन्द्रबाट जानकारी लिँदा लागेको शुल्क ग्राहकबाट असुल्न नपाइने व्यवस्था पनि राष्ट्र बैंकले गरेको छ ।

‘इजाजतपत्रप्राप्त संस्थाले कुनै पनि खाता खोल्नुपूर्व कर्जा सूचना केन्द्रको विवरण अनुसार निक्षेपकर्ता कालोसूचीमा नरहेको एकीन गरेर मात्र खाता खोल्नु पर्नेछ,’ निर्देशनमा भनिएको छ, ‘यसवापत संस्थाले ग्राहकसँग कुनै शुल्क लिन पाउने छैन ।’

यसअघिको एकीकृत निर्देशनमा कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न नपाउने व्यवस्था रहे पनि बैंकले त्यस्ता खाता खाेल्नुअघि कर्जा सूचना केन्द्रबाट सूचना लिनुपर्ने अनिवार्य व्यवस्था थिएन । त्यस्तै कालो सूचीमा पर्नुअघि कायम रहेको खातामा रकम जम्मा गर्न बाहेक अन्य बैकिङ कारोबार गर्न नपाइने उल्लेख थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको