Like us!
Follow us!
Connect us!
Watch us!

ङादी ग्रुपको लाभांश घोषणा

अर्थ संसार

सोमबार, ०१ फागुन २०७९, १७ : ३४ मा प्रकाशित

ङादी ग्रुपको लाभांश घोषणा

ङादी ग्रुप पावर लिमिटेडले लाभांश घोषणा गरेको छ ।  सोमबार  विहान बसेको संचालक समितिको बैठकले  चुक्ता पुँजीको ५ प्रतिशत लाभांश घोषणा गरेको हो । जसमा ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद  लाभांश रहेको छ।

फागुन १० गते सेयरधनी दर्ता पुस्तिका बन्द हुने कम्पनीले जनाएको छ । कम्पनीले आगामी फागुन २५ गते हुने वार्षिक साधारणसभामा गर्ने मिति समेत तोकिसकेको छ । कम्पनीले प्रस्ताव गरेको लाभांश साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् । 
 

63ea24a568726.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको