Like us!
Follow us!
Connect us!
Watch us!

एक महिनामा अमेरिकाबाट तेस्रो उच्चस्तरीय भ्रमण, अमेरिकी उपसहायक विदेशमन्त्री काठमाडौंमा

पत्रपत्रिका

मंगलबार, ०२ फागुन २०७९, ०७ : २१ मा प्रकाशित

एक महिनामा अमेरिकाबाट तेस्रो उच्चस्तरीय भ्रमण, अमेरिकी उपसहायक विदेशमन्त्री काठमाडौंमा

नेपालमा नयाँ सरकार गठनसँगै उच्चस्तरीय भ्रमण तीव्र बनेको छ । सोमबार मात्रै अमेरिकी उपसहायक विदेशमन्त्री अफ्रीन अख्तर आइपुगेकी छन् । उनी दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने अमेरिकी उपसहायक विदेशमन्त्री हुन् ।

एक महिनाबीच अमेरिकाबाट उनको यो तेस्रो उच्चस्तरीय भ्रमण हो । यसअघि अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड र यूएसएआईडी प्रमुख समान्था पावरले भ्रमणमा आएका थिए ।

अमेरिकी दूतावासका अनुसार उपसहायक विदेशमन्त्री अख्तरले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र ९ईसीमोड० तथा ऊर्जा नेपालका साझेदारसँग छलफल गर्ने कार्यक्रम छ । दुईदिने औपचारिक भ्रमण क्रममा उनले नेपाली सेना र सरकारी अधिकारीसँग पनि भेटघाट गर्नेछन् ।

‘जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, मानवीय सहायता तथा विपद् प्रतिकार्य, लोकतन्त्र, मानवअधिकार तथा पारस्परिक आर्थिक समृद्धि अगाडि बढाउने विषयमा छलफल गर्नुहुनेछ,’ दूतावासले भनेको छ ।

अर्को साता पनि अमेरिकाबाट भ्रमण हुँदै छ । यससँगै एक महिना अवधिमा लगातार चार भ्रमण हुनेछन् । अफ्रीन अख्तरको भ्रमणपछि अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्को दक्षिण एसियाकी वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचार नेपाल भ्रमणमा आउने भएकी छन् ।

एक महिना अवधिमै लगातार चार उच्च अधिकारीको काठमाडौं भ्रमण भएको यो पहिलोपटक हो । यसले नेपाललाई अमेरिकाले उच्च प्राथमिकतामा राखेर हेरेको विश्लेषकको अनुमान छ ।

कतिपयले ‘भूराजनीतिका’ कारण अमेरिकी भ्रमण बाक्लो भएको आशंका गरिरहेकै समय यूएएआईडीकै प्रमुख सामन्था पावरले नेपालमा अमेकिरी लगानी कुनै ‘भूराजनीतिक गतिशीलताको उपज नभएको’ बताएर आशंका मेटाइदिएकी थिइन् । राजधानी दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको