Like us!
Follow us!
Connect us!
Watch us!
शुल्क लिए बैंकले ग्राहकलाई थप १० प्रतिशत दिनुपर्ने

अनुमतिबिनाको सेवामा बैंकले शुल्क लिन नपाउने

अर्थ संसार

मंगलबार, ०२ फागुन २०७९, १२ : ५० मा प्रकाशित

अनुमतिबिनाको सेवामा बैंकले शुल्क लिन नपाउने

बैंक तथा वित्तीय संस्थाले ग्राहकको अनुमतिविना एकतर्फी रुपमा कुनै पनि प्रकारको वित्तीय सेवा उपलब्ध गराई सेवाबापत शुल्क लिन नपाइने भएको छ । केन्द्रीय बैंकले आज वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाले यस्तो गर्न नपाईने व्यवस्था गरेको हो ।

ग्राहकको अनुमतिबिना दिइएको सेवामा शुल्क लिए बैंकहरूले सो शुल्कमा १० प्रतिशत थपेर ग्राहकको खातामा हाल्दिनुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।   

सेवाबापत बैंक तथा वित्तीय संस्थाले कुनै पनि शुल्क लिएको भएमा उक्त संस्थाको वेबसाइटमा उपलब्ध गराइएको गुनासो सुन्ने अधिकारीसमक्ष सुनासो दर्ता गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको