Like us!
Follow us!
Connect us!
Watch us!

सांसद सोविता गौतमको टिप्पणी-  लघुवित्तले अत्याधिक मुनाफा कमाउने उद्देश्यले निम्न वर्गलाई ऋणको भारी बोकाए

अर्थ संसार

बुधबार, ०३ फागुन २०७९, १२ : ३० मा प्रकाशित

सांसद सोविता गौतमको टिप्पणी-  लघुवित्तले अत्याधिक मुनाफा कमाउने उद्देश्यले निम्न वर्गलाई ऋणको भारी बोकाए

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले लघुवित्त तथा सहकारीले अत्याधिक मुनाफा कमाउने उद्देश्य राखेकोले निम्न वर्गका मानिसहरु ऋणको भारमा परेको टिप्पणी गरेकी छिन् । प्रतिनिधिसभाको आज (बुधबार)को बैठकको शुन्य समयमा बोल्दै उनले यस्तो टिप्पणी गरेकी हुन्।

शुन्य समयमा बोल्दै सांसद गौतमले भनिन्, ‘शुलभ कर्जा प्रवाह गरी निम्न वर्गका नागरिकलाई आर्थिक रुपमा सबल बनाउने उद्देश्यका साथ लघुवित्त र सहकारीको अवधारणा ल्याइएको थियो। जुन केही हदसम्म सफल भएको थियो। तर, अत्यधिक मुनाफा आर्जन राख्ने कतिपय लघुवित्त र सहकारी संस्थामार्फत् निम्न वर्गीय मानिसलाई ऋण बोकाएर रासातलमै पुर्‍याउने काम भएको छ ।’ 

यस्तै, उनले उक्त विषयमा नियमन गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह समेत गरिन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको