नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन,२०७९ जारी गरेको छ । केन्द्रिय बैंकको बैंक तथा वित्तीय संस्था नियम विभागले हिजो (मंगलबार) एकीकृत निर्देशन, २०७९ जारी गरेको हो ।
जसमा एकीकृत निर्देशन, २०७८ र त्यसपछि २०७९ माघ मसान्तसम्म जारी भएका परिपत्र/निर्देशन समेतलाई समावेश गरी परिमार्जन गरेर उक्त निर्देशन जारी गरिएको जनाइएको छ ।
इजाजतपत्रप्राप्त संस्थाले ऋणीको कर्जा तिर्न सक्ने क्षमता, भावी नगद प्रवाह, आम्दानीको स्रोत जस्ता कर्जा प्रवाहका न्यूनतम आधारहरूको विश्लेषणपश्चात कर्जा सदुपयोगको सुनिश्चितता हुने गरी मात्र कर्जा प्रवाह/नवीकरण गर्नुपर्ने व्यवस्था गरिएको छ । ओभरड्राफ्ट सीमा नाघ्ने गरी ग्राहकको खाताबाट साँवा तथा व्याज असुलउपर गर्न नपाइने व्यवस्था समेत गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस